site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वराजा ज्ञानेन्द्र भुटानमा : किन निम्ता दिए भुटानी राजाले ? 

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान पुगेका छन् । भुटानी राजा जिग्मे खेशर नामग्याल वाङचुकको निमन्त्रणामा पूर्वराजा ज्ञानेन्द्र पाँच सदस्यीय पारिवारिक टोलीसहित भुटानको राजधानी थिम्पु अवतरण गरेका हुन् । 

उनको टोलीमा छोरी प्रेरणा र भतिजी शिताष्मा तथा पारिवारिक सदस्य राजु सिंह सहभागी छन् । स्वकीय सचिव सागर तिमल्सिना भने भ्रमणको तयारीका लागि केही दिनअघि नै भुटान पुगेका थिए । 

भुटानी विमान कम्पनी ड्रूक एयरलाइन्सको जहाजबाट भुटान पुगेका पूर्वराजालाई विमानस्थलमा रातो कार्पेट विच्छ्याइएको थियो । विमानस्थलै पुगेर भुटानी राजकुमारीले स्वागत गरेकी छन् । 

पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव डा. फणिराज पाठकले भ्रमण निजी भएको जानकारी दिए । भ्रमणमा को–को सँग भेट हुनेछ भन्ने विषय भने उनले खुलाएनन् । तर, उनले भुटानी राजा जिग्मेकै निमन्त्रणमा भ्रमणमा गएको भने पुष्टि गरे । तर, के प्रयोजनका लागि निमन्त्रण गरिएको हो भन्ने खुलेको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro