site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
हौसिएका प्रचण्ड : विपद्‌मा ‘काउन्टर’ कि प्रतिपक्षीको भूमिका ? 
SkywellSkywell

काठमाडौं । गएको बिहीबार रातिदेखि शनिबारसम्म लगातारको वर्षाले निम्याएको बाढी पहिरोको विपत्तिमा सरकारले तदारुकता देखाउन नसकेको भन्दै आलोचना भइरहेकै छ । जल तथा मौसम विज्ञान विभागले अति भारी वर्षाको सूचना दिँदा पनि पूर्व तयारी नगरिएको र विपद्पछि पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप सरकारले खेपिरहेको छ । 

देशमा विपत्ति आउँदा प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकामा थिए । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख (सीईओ) अनिल पोखरेल र नेपाल प्रहरीका प्रमुख (आईजीपी) वसन्त कुँवर देशमा थिएनन् । 

मुख्यसचिव एकनारायण अर्याल गृहजिल्लाको कार्यक्रममा व्यस्त थिए ।  कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले राजधानीमा नै चुस्त काम गर्न नसकेको आरोप लागेको छ । मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले विपद्‌मा गृहमन्त्रीको भूमिकाप्रति प्रश्न उठाएका थिए । 

KFC Island Ad
NIC Asia

बाढी पहिरोको घटनापछि कार्यवाहक प्रधानमन्त्री सिंहले मन्त्रिपरिषद्को आकस्मिक बैठक पनि बोलाउन सकेनन् ।  उनले असोज १२ गते दिउँसो मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखको आकस्मिक बैठक भने बोलाएका थिए ।

आपतकालिन अवस्थामा प्रधानमन्त्रीले आकस्मिक बैठक राखेको घटना छन् । 

तर, गठबन्धनको सरकार भएकाले कार्यवाहक प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाउन हिच्किचाएको स्रोत बताउँछ । 

“कार्यवाहक प्रधानमन्त्रीले प्रधानमन्त्रीसँग सम्पर्क गर्दा बैठक बोलाउनू भन्ने खालको सन्देश थिएन,” स्रोतको दाबी छ, “गठबन्धनको सरकार भएकाले उहाँले अग्रसरता लिँदा एमालेले कुन रुपमा लिन्छ भन्ने अन्योलको अवस्था भएकाले पनि बैठक राख्न हतार नगरिएको हो ।”

हौसिएका प्रचण्ड

असोज १० गते अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्व समुदायमा आफ्नो छाप बढ्दै गएको जिकिर गरे । प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले बेलायतका प्रधानमन्त्रीले आफू प्रधानमन्त्रीबाट हटिसकेपछि पनि प्रधानमन्त्रीले पाउने पत्र राजदूतमार्फत पठाएको सुनाएका थिए । 

“यति छिटो हटाइन्छ भन्ने विश्वले ठानेको थिएन । अहिले विश्वको ध्यानाकर्षण भएको छ । म प्रधानमन्त्रीबाट निक्लिएपछि इङ्गल्यान्डको राजदूतले प्रधानमन्त्रीको पत्र ल्याउनुभयो,” कार्यक्रममा प्रचण्डले भनेका थिए,“प्रधानमन्त्रीलाई दिनुपर्ने पत्र हो । राजदूतले खुमलटार लिएर आउनुभयो ।” 

बेलायतका प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्री भन्दा माथिको नेताको दर्जा दिएको राजदूतले बताएको समेत सुनाएका थिए । 

“प्रधानमन्त्रीलाई दिने पत्र हो, कहाँ मकहाँ ल्याउनुभयो भने मैलेँ । राजदूतले भन्नुभयो–तपाईं प्रधानमन्त्री हुनुुस् या नहुनुस् । तपाईं प्रधानमन्त्रीभन्दा माथिका नेता भएकाले तपाईंकै हातमा दिनु भनेर प्रधानमन्त्रीले भन्नुभएको भन्नुभयो,” कार्यक्रममा प्रचण्डले भनेका थिए । 

प्रचण्ड हौसिएर यस्तो टिप्पणी गरेको राजनीतिक वृत्तमा चर्चा छ । उनले उक्त सम्मेलनमा आफू संसद्मा बाघजस्तो भएको दाबा समेत गरेका थिए । 

प्रधानमन्त्रीबाट बाहिरिएको तीन महिना पुग्दैछ । विपद्का पूर्वप्र्रधानमन्त्री प्रचण्डले भने सक्रियता देखाए । प्रतिपक्षीलाई छाया सरकारको रुपमा पनि लिइन्छ । प्रचण्डले सर्वदलीय बैठक आह्वान गरेर  सरकारलाई काउन्टर दिन खोजेका थिए । 

उनले असोज १३ गते बिहान १० बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका थिए । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले शनिबार बेलुका नै असोज १३ गते दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए । 

सरकारले नै बैठक बोलाएको र विषय एउटै भएको भन्दै प्रचण्डले बोलाइएको बैठक स्थगित गरिएको थियो ।  सर्वदलीय बैठकमा माओवादीका तर्फबाट उपमहासचिव शक्ति बस्नेतले सरकार सुस्त भएको भन्दै आलोचना गरेका थिए । 

सोही दिन प्रचण्डले नख्खु खोलाले बगाएका दुई जनाको उद्धार गरेका चणिकलाल तामाङलाई सम्मान गरे ।  असोज १२ गते टहरामा लामो समयसम्म उद्धारको पर्खाइमा रहेकामध्ये नख्खु खोलाले बगाएका दुई जनालाई तामाङले उद्धार गरेका थिए । 

प्रचण्डले आइतबार साँझ पार्टीको पदाधिकारी बैठक राखेका थिए । माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने निर्णय ग¥यो । स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेस्क राख्ने निर्णय भएको थियो । 

बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने निर्णय गरेको थियो ।  पार्टी पंक्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय पदाधिकारी बैठकले गरेको थियो ।  प्रचण्ड मंगलबार बल्खु, ललितपुरको नख्खु र भक्तपुरको हनुमन्ते खोलाका बाढी पीडित भेट्न पुगेका थिए । 

प्रचण्ड बुधबार पहिरो र डुबानका कारण बढी प्रभावित जिल्ला काभ्रेको स्थलगत अनुगनमा पुगेका छन् । काभ्रेको रोशीमा ठूलो क्षति भएको थियो । 

धुलिखेलमा काभ्रेका प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारीलगायत कार्यालय प्रमुखहरुले बाढी पहिरो पछिको जिल्लाको जनधनको क्षतिको अवस्था, पीडितहरुको अवस्था, उद्दार र राहतका बारेमा भए गरेका कामको ब्रिफिङ लिए । 

‘सरकारले नगरेपछि पहलकदमी’

माओवादी केन्द्रका कोषाध्यक्ष एवं पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकाल सरकारले नगरेपछि प्रतिपक्षीका हिसाबले सक्रिय भएको बताउँछन् । सोही बमोजिम प्रचण्डले सर्वदलीय बैठक डाकेको उनले बताए । 

“आपत विपद्‌मा सरकार मुकदर्शक भयो । आपतविपत हुँदा सरकार कहाँ छ भन्ने स्थिति नदेखिएको आम जनसमुदायले नै अनुभूति गरेको कुरा हो,” यस्तो अवस्थामा पहल लिनुपर्छ भनेर अध्यक्षले सर्वदलीय बैठक बोलाउनुभएको हो । सरकारले बैठक बोलाएपछि एउटै विषयमा छुटै बैठक जरुरी छैन भनेर स्थगित गरिएको हो ।”

विपद्‌मा सरकार र प्रतिपक्ष भन्दा पनि जनताको पक्षमा काम गर्नका लागि पहल कदमी लिइएको उनले बताए । क्षति पुगेका ठाउँमा पार्टीको तर्फबाट गर्नुपर्ने पहलकदमी भइरहेको र स्वयम् सेवकहरुलाई खटाइएको उनले बताए । 

हेल्प डेस्कमा संकलन भएका सूचनाका आधारमा ध्यान नपुगेको ठाउँमा सरकारलाई दबाब पनि दिइने ढकालले जानकारी दिए । 

“केन्द्रीय कार्यालयमा हेल्प डेस्क खडा भएको छ । देशैभरीको सूचना संकलन गर्ने । समस्या परेका ठाउँमा पार्टीको तर्फबाट गर्न सक्ने काम गर्ने,” उनले बाह्रखरीसँग भने, “नसक्ने ठाउँमा ध्यान पुगेको छैन भनेर हामीले ध्यानाकर्षण गराउने हो । सरकारको काम हो तर नगरेपछि प्रमुख प्रतिपक्षीको हैसियतले गर्नैपर्‍यो ।”

माओवादीले प्रदेश र संघका सांसदको १० दिनको तलब राहत कोषमा दिनेछ । पार्टीका अन्य जनप्रतिनिधिलगायतबाट संकलन भइसकेपछि मात्रै सरकारी राहत कोषमा जम्मा गरिने ढकालले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro