राजनीति
काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलनको जारी बन्द सत्र पुनः स्थगित भएको छ ।
काठमाडौंको कीर्तिपुरमा जारी सम्मेलनमा विधानमा उमेरहदको विषय राख्ने कि नराख्ने भन्ने विषयमा विवाद भएको थियो । सो विवादपछि सूचना जारी गरी आज तय भएको बन्द सत्रको कार्यक्रम स्थगित गरिएको जानकारी दिइएको छ ।
बन्दसत्र असोज १७ गते (भोलि) बिहान १० बजेदेखि सञ्चालन हुने बताइएको छ ।
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१ १४:३३
प्रतिक्रिया दिनुहोस्