site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थाइल्यान्डमा बसमा आगलागी, २५ जनाको मृत्यु

काठमाडौं । थाइल्यान्डको राजधानी बैंककमा मंगलबार स्कुलका यात्रु बोकेको बसमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ ।

उत्तरी उथाइ थानी प्रान्तको एक विद्यालयका ६ जना शिक्षक र ३८ विद्यार्थीसहित ४४ यात्रु सवार रहेको एकल डेकर बसमा आगलागी भएको उपप्रधानमन्त्री तथा यातायातमन्त्री सुरिया जुङ्रुङ्ग्रेङकिटले बताए । 

१९ यात्रुलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको सुरियाले बताए । प्रधानमन्त्री पातोङटार्न सिनावात्राले घाइते र मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै उनीहरुको उपचारको खर्च सरकारले व्यहोर्ने बताएका छन् । घटनामा परी ज्यान गुमाएकाहरुको परिवारलाई क्षतिपूर्ति दिने बताएका छन् । 

सिन्ह्वा/न्युज एजेन्सी नेपाल ।  

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro