site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
दीप दर्पणको कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन
SkywellSkywell

काठमाडौं । कवि दीप दर्पणको पहिलो कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच ५२ वटा कविता समेटिएको कविता संग्रह सार्वजनिक गरिएको हो ।

कवि श्रवण मुकारुङ, समालोचक राजकुमार बानियाँ, कवि ज्योति जंगल र लेखक दीप दर्पणले सामूहिक रुपमा कविता संग्रहको विमोचन गरेका हुन् ।

KFC Island Ad
NIC Asia

कविता संग्रहमा निम्न मध्यम वर्गीय नेपालीले भोगेका यथार्थपरक विषयवस्तुलाई प्रस्तुत गरिएको छ ।

विमोचन कार्यक्रममा बोल्दै कवि तथा गीतकार श्रवण मुकारुङले कविता संग्रहले समाजको यथार्थतालाई मार्मिक ढंगले प्रस्तुत गरेको बताए ।

समालोचक राजकुमार बानियाँले आफू कविताको भोको रहेको चर्चा गर्दै आफूले अध्ययन गर्न चाहेको कविताहरुमध्ये दीप दर्पणको कविता संग्रह पनि परेको बताए । उनले कविताले चित्रण गरेको विषयको गहिराईले पाठकको मन जित्ने बताए ।

कवि ज्योती जंगलले संग्रहका हरेक कविताले कुनै न कुनै कथानक बोकेको चर्चा गर्दै कविले निम्न वर्गीय मर्मलाई चित्रण गरेको बताइन् ।

रोल्पा स्थायी घर भएका दीप सानैदेखि कविता लेखनमा रुची राख्दथे । साहित्यमा विशेष रुची रहेका उनले फुटकर कविताहरु संचारमाध्यममार्फ्त पाठकसामु ल्याइरहने गरे पनि संग्रह नै ल्याएको भने पहिलो पटक हो ।

पहिलो संग्रहले आफूलाई उत्साहित बनाएको बताउँदै यसबाट आउने प्रतिक्रिया र सल्लाह सुझाव अनुसार दोस्रो संग्रह पनि ल्याउने बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro