site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न अदालतको आदेश
फाइल तस्बिर ।

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक लाख धरौटी रकम लिएर छोड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंलाई दुईवटा मुद्दामा ५०/५० हजार धरौटी लिन आदेश गरेको अदालतका सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए ।

साइबर अपराधमा पक्राउ परेका प्रसाईंलाई धरौटीमा छाड्न अदालतले दिएको आदेशसँगै थुनामुक्त हुने भएका छन् । 

प्रसाईंले एक लाख रूपैयाँ धरौटी बुझाए आजै थुनामुक्त हुनेछन् । उनीमाथि प्रहरीको विद्युतीय कारोबार ऐनअनुसार कारबाही माग दाबी गरेको थियो ।

ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा पाँच वर्षसम्म कैद सजाय समेत हुनसक्ने व्यवस्था गरिएको छ । उनलाई प्रहरीको साइबर ब्युरोको टोलीले गएको असोज ७ मा पक्राउ गरेको थियो ।

उनीसँगै पक्राउ पुर्जी जारी भएका जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल भने अझै फरार छन् । एक महिलाबारे चरित्र हत्या हुने किसिमको अभिव्यक्ति दिएको आरोपमा उजुरी परेपछि प्रसाईं पक्राउ परेका थिए । 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro