site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘प्रहरी प्रमुख कहाँ हुनुहुन्छ ? प्रधानमन्त्रीले ताम्रपत्र उद्घाटन गर्ने बेला थियो ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेले विपद्‌मा सरकारको उपस्थिति कमजोर रहेको बताएका छन् । पर्याप्त पूर्वतयारी नगरिएको उनले आरोप लगाए ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा उनले गृहमन्त्री रमेश लेखकले ‘समाचार सुनाएको’ टिप्पणी गरे । बैठकमा उनले बोल्नुअघि गृहमन्त्री लेखकले हालैको अविरल वर्षासँगैको विपद्, त्यसमा सरकारको कार्यबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्री र मन्त्रीले कमजोरी स्वीकार गर्नुपर्नेमा उनले जोड दिए । “भएको स्रोतसाधनको कमी भएको कि व्यवस्थापन नभएको ? काठमाडौंको भिजिबिलिटी कति थियो थाहा छ ? रेस्क्युमा हेलिकोप्टर उडानका लागि भिजिबिलटी थिएन भन्नुभयो,” उनले भने, “प्रधानमन्त्रीजीले पहिरो जाने कसरी थाहा हुन्छ भन्नुभयो । तयारी गर्न सकिएन भनेर स्वीकार गर्नुपर्‍यो ।”

विपद्का बेला जिम्मेवार निकायका प्रमुख एवं पदाधिकारी देशभित्र नभएको भन्दै उनले असन्तुष्टि जनाए । “प्रहरी प्रमुख कहाँ हुनुहुन्छ ? न्यूनीकरण प्राधिकरण प्रमुख कहाँ हुनुहुन्थ्यो ? प्रधानमन्त्रीले तामपत्र उद्घाटन गर्ने बेला थियो ?,” उनले प्रश्न गरे ।

उनले नेपाली कांग्रेसतर्फ संकेत गर्दै ठूलो पार्टी सरकारमा रहँदा शान्त हुने बताए । त्यसले देशका निम्ति घाटा हुने उनको भनाइ थियो ।

कांग्रेस सांसद सरिता प्रसाईंले विपद् व्यवस्थापनमा सरकार चुकेको टिप्पणी गरिन् । “व्यवस्थापनमा सरकार चुक्यो । किन गााडी आउन दे’को ? बाटोमा रहेका मान्छेलाई कसरी रेस्क्यु गर्ने सरकारले सोचोस्,” उनले भनिन् ।

प्रधानमन्त्रीले जिम्मेवार भएर बोल्नुपर्नेमा उनले जोड दिइन् । “प्रधानमन्त्री त्यसरी बोल्न हो ? मल्हमपट्टी लगाउने किसिमले जिम्मेवार व्यक्तिले बोल्नुहोस्,” उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro