site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलले बेरुतमा आक्रमण गर्दा एकैदिन ९५ जनाको मृत्यु 

काठमाडौं । इजरायलले गएराति लेबनानको राजधानी बेरुतमा आक्रमण गरेको जनाएको छ । आक्रमण लेबनानको चरमपन्थी समूह हिजबुल्लाहको पूर्वाधार र हातहतियार निर्माण स्थलहरूलाई लक्षित गरी गरिएको जनाइएको छ । 

आक्रमण दहियाहमा केन्द्रित गरिएको थियो । बेरुतको दक्षिणी उपनगर दहियाहलाई हिजबुल्लाहको गढ मानिन्छ । 

"आक्रमण हुनुअघि सर्वसाधारणलाई हुने क्षतिको जोखिम कम गर्न धेरै कदम चालिएको थियो । यसमा सटीक हतियारहरू प्रयोग गरिएको र हवाई निगरानी गरिएको क्षेत्रमा सर्वसाधारणलाई चेतावनी जारी गर्नेसम्मको काम भएको थियो," इजरायली सेनाले भनेको छ । 

लेबनानको स्वास्थ्य मन्त्रालयले लेबनानमा इजरायलको पछिल्लो हवाई आक्रमणमा करिब ९५ जनाको मृत्यु भएको र १७२ जना घाइते भएको जनाएको छ ।

इजरायलको हवाई आक्रमणबाट लेबनानमा विगत दुई हप्तामा एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro