site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हवाई यात्रामा चर्को शुल्क नलिन गण्डकीका मुख्यमन्त्रीको आग्रह

पोखरा । चाडपर्व नजिकिएको र देश विपद्‌मा फसेका बेला विमान सेवा प्रदायक कम्पनीले उडान शुल्क बढाएका छन् । चार हजार ४०० रुपैयाँमा पोखरा काठमाडौं उडान हुने गरे पनि अहिले उक्त शुल्क पाँच हजार ९०० रुपैयाँसम्म पुगेको छ ।

बाढी पहिरोका कारण राजमार्ग अवरुद्ध बनेपछि हवाई यात्रामा चाप बढेको छ । विमान सेवा प्रदायक कम्पनीहरूले मूल्य बढाएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडबाड र विपद्का बेला नागरिकलाई सहज सेवा दिन पोखरामा सञ्चालित एयरलाइन्स कम्पनीहरूलाई आग्रह गरेका छन् ।

यात्रुहरूले शुल्क बढाएको, यात्रामा सास्ती भोग्नुपरेको गुनासो गरेपछि मुख्यमन्त्री पाण्डेले पोखराबाट सेवा सञ्चालन गर्ने एयरलाइन्स र नागरिक उड्डयन प्राधिकरणको प्रतिनिधिलाई सहज सेवा दिन आग्रह गरेका हुन् ।

“चाडपर्वको समय छ, अहिले विपद्का कारण राजमार्ग अवरुद्ध छन् । यस्तो समयमा सेवा सरल, सहज र सहुलियत बनाउनुपर्छ, यो संवेदनशील हुने बेला हो, मौका छोप्ने बेला होइन,” उनले भने ।

मुख्यमन्त्री पाण्डेले एयरलाइन्स कम्पनीलाई माथिल्लो तहमा सहजीकरण गरेर तत्काल गुनासो सुनुवाइ गर्न सुझाव दिएका छन् । एयरलाइन्स कम्पनी, नागरिक उड्डयन प्राधिकरण र संघीय सरकारसँग आफूले सहजीकरण गर्न तयार रहेको उनले बताए ।

सेवा सहज बनाउनेबारे मुख्यमन्त्री कार्यालयमा सोमबार आयोजित छलफलमा मुख्यमन्त्री पाण्डेले नागरिक उड्डयन  प्राधिकरणलाई पनि सेवा सहज बनाउन सहजीकरण गर्न सुझाव दिए ।

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमान लामो समय होल्ड गरी राति ११ः३० बजे पुन: काठमाडौं फर्किएको थियो । यस्तो अवस्था आउँदा समयमै यात्रुलाई जानकारी दिन उनले एयरलाइन्सहरूलाई सचेत गराए ।

एयरलाइन्स कम्पनीहरूले ‘सिस्टम कन्ट्रोल’ यहाँबाट नहुने हुँदा यसबारे केन्द्रीय कार्यालयसँग समन्वय गरेर सेवालाई सक्दो सहज बनाउने बताएका छन् । पोखरामा यती, बुद्ध, श्री एयरलाइन्सले सेवा दिँदै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro