site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीले बनायो केन्द्रीय राहत कोष, सांसदले १० दिनको पारिश्रमिक दिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोपीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ । आइतबार बसेको पदाधिकारी बैठकको निर्णयअनुसार राहतकोष स्थापना गरेर माओवादी केन्द्रले मातहतका कमिटीहरूलाई राहत जम्मा गर्न परिपत्र पनि गरिसकेको छ ।

राहत कोषमा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरूले १०–१० दिनको पारिश्रमिक जम्मा गर्नेछन् भने स्थानीय तहका जनप्रतिनिधिहरूलाई स्वैच्छिक सहयोग गर्न माओवादी केन्द्रले परिपत्र गरेको छ ।

त्यस्तै, पार्टीका प्रदेश समितिहरूले पनि राहत रकम संकलन गरी केन्द्रीय राहत कोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको माओवादी केन्द्रले जनाएको छ । पदाधिकारी बैठकको निर्णयअनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको विपद् व्यवस्थापन विभागले हेल्प डेस्क स्थापना गरेर दैनिक विपद्को स्थिति अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ ।

विपद्को सामना गर्न पार्टीपंक्ति, जबस र मोर्चाहरूलाई त्यस क्षेत्रमा स्वयंसेवक खटाउन, खोज, उद्धार, राहत र पुनर्स्थापनामा जुट्न पनि माओवादी केन्द्रले माताहतका कमिटीलाई परिपत्र गरिसकेको जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को नाममा रहेको ग्लोबल आइएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने जनाइएकाे छ ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro