site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चितवनको कलेज अफ मेडिकल साइन्समा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई छुट

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१० स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैंक लिमिटेडबीच छुट सम्झौता भएको छ । प्रभु बैंकका तर्फबाट चितवनस्थित कार्यालयका प्रमुख सांग्रीला श्रेष्ठ र कलेज अफ मेडिकल साइन्सका तर्फबाट एडिसनल डाइरेक्टर डा. मनोहर प्रधानले समझौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार, प्रभु बैंकका ग्राहक तथा कर्मचारीले कलेज अफ मेडिकल साइन्सबाट सेवा लिँदा छुट पाउनेछन् । सीओएमएसमा उपचार गर्दा औषधि, सीटीस्क्यान र एमआरआईबाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजीमा समेत २० प्रतिशतसम्म छुट पाउने जनाइएको छ ।

Argakhachi Cement Island Ad

प्रभु बैँकका ग्राहक तथा कर्मचारीले कलेज अफ मेडिकल साइन्समा उक्त सुविधा प्राप्त गर्नका निम्ति बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अरू कुनै विद्युतीय प्रणालीद्वारा बिल भुक्तानी गर्नुपर्ने हुन्छ । यो सुविधा प्राप्त गर्न प्रभु बैंकका ग्राहक तथा कर्मचारीले परिचयपत्र तथा परिवारको सदस्यका निम्ति नाता खुल्ने कागजात अनिवार्य पेस गर्नुपर्ने जनाइएको छ ।

प्रभु बैंकले ३१५ शाखा कार्यालय, २८६ एटीएमका साथै ६९ भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्