site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालविरुद्ध कार्यवाहक राजदूतकै उजुरी 
फाइल तस्बिर ।

काठमाडौं । बेल्जियमको लागि प्रस्तावित राजदूत परराष्ट्र सचिव सेवा लम्सालविरुद्ध मातहतका कर्मचारीले नै उजुरी दिएका छन् । इजरायलको तेलअभिभस्थित नेपाली राजदूतावासको कार्यवाहक राजदूतमा कार्यरत कुमारबहादुर श्रेष्ठले सहसचिव हुँदादेखि नै लम्सालले कर्मचारीमाथि विभेद गरेको उल्लेख गरेका छन् । 

आफैँ विभेदको सिकार भएको उल्लेख गरेका उनले दुईपटकसम्म 'ग' वर्गमा काम गरेको आफूलाई पुनः सोहीसरहकै दूतावास इजरायल सरुवा गरेको उल्लेख गरेका छन् । आफूले अवधि पुगेपछि योग्यता पुग्ने दूतावासमा मागेको सरुवामा समेत सनुवाइ नगरेको बताएका छन् ।

त्यसबाहेक श्रेष्ठले आफ्नो मातहतको देश साइप्रसका नेपालीका समस्या बुझ्न जान दिएको निवेदनमा समेत सुनुवाइ नगरेको उल्लेख गरेका छन् । श्रेष्ठले उजुरीमार्फत नेपालीहरूको समस्या समाधानमा कूटनीतिक प्राथमिकता लम्सालमा नरहेको सन्देश दिँदै उनी राजदूत पदका लागि अयोग्य भएको दाबी गरेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro