site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई दिनको अविरल वर्षाले देशभर के कति क्षति भयो ? 

काठमाडौं । गत बिहीबार रातिदेखि शनिबार दिउँसोसम्म देशभर परेको अविरल वर्षाले ठूलो जनधनको क्षति गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपहिरोले सडक र पुल भत्किँदा २३ राजमार्ग प्रभावित भएका थिए । सडक र पुल भत्किदा दुई अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेको अनुमान गरिएको छ । 

भोटेकोसी नदीमा आएको बाढीले नेपाल र चीन जोड्ने अरनिको राजमार्गमा पर्ने तीन पक्की पुल बगाएको छ । लार्चा, लिपिङ र घट्टे खोलामा रहेका पुल बगाएको हो । 

बाढीले पाँचथरको मेची राजमार्गको हेवा खोलामाथिको बेली पुल र इलाम सन्दकपुर जोड्ने रती खोलाको स्थायी पुलसहित कोसी प्रदेशमा मात्र चारवटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

यस्तै, अविरल वर्षाले देशभर सात हजार हेक्टर धान खेती डुबानमा परेको प्राधिकरणले जनाएको छ । अविरल वर्षा, बाढी र पहिरोका कारण ठूलो संख्यामा चौपायको मृत्यु भएको छ । 

धादिङको झ्याप्लेखोलामा पहिरोले दुई पर्यटक बस, एउटा यात्रुबाहक बस र एउटा भ्यानसहित चारवटा सवारीसाधन पुरिँदा ३५ जनाको मृत्यु भएको छ ।

बाढीपहिरोले देशभर १० वटा स्वास्थ्य संस्थामा क्षति पुगेको जनाइएको छ ।

बाढीले जलविद्युत् क्षेत्रमा मात्रै साढे दुई अर्ब रुपैयाँ बराबरको क्षति भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । २६ वटा जलविद्युत् आयोजनाको प्रारम्भिक निरीक्षणमा दुई अर्ब ४५ करोडको क्षति भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, ६२५.९६ मेगावाट जडित विद्युत् क्षमताको ११ वटा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूमा क्षति भएको जनाएको छ । 

यस्तै, ११ सय मेगावाट बिजुली उत्पादन रोकिएको छ । १०१०.२९ मेगावाट क्षमताको १५ वटा निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा क्षति भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro