site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अवरुद्ध हेटौँडा–भैँसे, सिमभन्ज्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुला
प्रतीकात्मक तस्बिर ।

मकवानपुर । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका मध्ये मकवानपुरका हेटौँडा–काठमाडौं र हेटौँडा–धरान चतरा जोड्ने तीन सडक सञ्चालनमा ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, सडकबाट पहिरो पन्छाएर त्रिभुवन लोकपथअन्तर्गत हेटौँडा–भैँसे, सिमभन्ज्याङ–पालुङ–नौबिसे र मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौँडा–सिन्धुली–धरान चतरा सडक सोमबार बिहानदेखि खुलाइएको छ ।

यस्तै, त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा–भैँसे–चित्लाङ–चन्द्रागिरि–काठमाडौं जाने सडक आइतबार साँझबाट एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको थियो । वर्षासँगै खसेको पहिरो पन्छाएर ती सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

उक्त सडकअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–५, दामनमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । कान्तिलोकपथ सडकको बकैया गाउँपालिका–१२, घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आँपचौरमा पहिरोका कारण र भीमफेदी गाउँपालिका–८ स्थित वाग्मती खोलाको पुल कटान भएकाले सडक अझै पूर्ण रूपमा अवरुद्ध छ ।

दक्षिणकाली–छैमले–सिस्नेरी सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३, रामचन्द्र भन्ज्याङमा पहिरो खसेर कुलेखानी–फाखेल–फर्पिङ बाटो पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी निरीक्षक सापकोटाले बताए ।

दक्षिणकाली–छैमले–सिस्नेरी सडकखण्डकै इन्द्रसरोवर गाउँपालिका–२, सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी–सिस्नेरी–फर्पिङ बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

कुलेखानी–मार्खु भित्री सडकखण्डको इन्द्रसरोवर गाउँपालिका–१, सिम्लाङमा पहिरोका कारण थानकोट–कुलेखानी बाटो पूर्ण रूपमा अवरुद्ध छ ।

भीमफेदी गाउँपालिका–४, रातोमाटे, भीमफेदी–६, ढोकाफेदीमा पहिरो खसेर हेटौँडा–कुलेखानी जोड्ने बाटो पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए । अवरुद्ध अरू सडकमा पनि पहिरो पन्छाउने कार्य भइरहेको उनले बताए । रासस

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro