site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्यानडामा नेपालको पहिलो जित, ओमानविरुद्ध ३७ रनले विजयी

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ र ट्वान्टी–२० क्रिकेट शृंखलाका निम्ति क्यानडा पुगेको नेपाली टिमले पहिलो जित निकालेको छ ।

नेपालले आइतबार ट्वान्टी–२० शृंखलाअन्तर्गत ओमानविरुद्ध ३७ रनको जित दर्ता गराएको हो । 

क्यानडाको किंग सिटी मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १७७ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले १९.१ ओभरमा सबै विकेट गुमाएर १३९ रनमात्र बनाउन सक्यो ।

ओमानका सोएब खानले ४५ रन बनाए पनि टिमको हार टार्न सकेनन् । रफिउल्लाहले ३३, फयाज बटले १७ र प्रतीक अथावालेले १५ रन थपे । ओमानका ओपनर कश्यप प्रजापति ‘गोल्डेन डक’ भएका थिए ।

नेपालका करण केसीले तीन विकेट लिए । कुशल भुर्तेल र गुल्सन झाले समान दुई विकेट लिँदा रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रनको योगफल खडा गरेको थियो ।

नेपालका गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै ४० रन बनाए । उनले १७ बलमा समान तीन चौका र छक्का प्रहार गरेका हुन् । यस्तै, दीपेन्द्रसिंह ऐरीले पाँच बलमा एक चौका र दुई छक्कासहित १८ रन जोडे ।

कुशल मल्लले ३० रन थप्दा ओपनरद्वय अनिल साह र आसिफ सेखले समान २७ रन बनाए । ओमानविरुद्ध छैटौँ नम्बरमा ब्याटिङका लागि आएका कुलश भुर्तेलले २० रन जोडे ।

ओमानका अकिब इल्यासले तीन विकेट लिए । साकिल अहमेद, फयाज बट र जिसान मक्सुदले एक–एक विकेट लिए ।

ट्वान्टी–२० शृंखलामा नेपालको यो पहिलो जित हो । नेपाल यसअघि पहिलो खेलमा घरेलु टोली श्रीलंकासँग १४ रनले पराजित भएको थियो ।

ट्वान्टी–२० अघि नेपालले लिग–२ को एकदिवसीय शृंखलाका चारमध्ये तीन खेलमा हार व्यहोरेको थियो । शृंखलाको अन्तिम खेल वर्षाका कारण रद्द हुँदा नेपालले एक अंक पाएको थियो ।

ट्वान्टी–२० शृंखलामा पनि नेपाल, क्यानडा र ओमान सहभागी छन् ।
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro