site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
टाटा बसहरूका लागि गोगंबु बसपार्कमा निःशुल्क चेकअप सुविधा

काठमाडौं । दसैँ तथा तिहारको उपलक्ष्यमा सिप्रदी ट्रेडिङ प्रालिले सबै टाटा बसका लागि गोगंबु बसपार्कमा निःशुल्क चेकअप क्याम्प सञ्चालन गरेको छ । सवारी साधनको अवस्था सही भएमात्र सही कार्य क्षमता प्रदान गर्ने र ढुक्क भएर सुरक्षित यात्रा गर्न सकिने भएकाले निःशुल्क चेकअफ क्याम्प सञ्चालनमा ल्याइएको सिप्रदीले जनाएको छ ।

सुरक्षित यात्राको कामनासहित चाडबाडको बेला ढुक्कसँग यातायात व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गर्न सहयोग मिलोस् भन्ने उदेश्यले यो क्याम्प सञ्चालनमा ल्याइएको बताइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गोगंबु बसपार्क बाट छुट्ने सबै टाटा बसको बम्पर टू बम्पर चेकअप गरेर गाडीको कन्डिसनको जानकारी प्रदान गरी सुलभ मूल्यमा गाडीको मर्मत सम्भार गरिदिने व्यवस्था सिप्रदीले गरेको छ ।

चाडबाडको बेला हाइवेमा अचानक आई पर्न सक्ने समस्याको समाधानका लागि पनि २४ घण्टा सातै दिन सिप्रदीको टोल फ्री सेवामार्फत हाइवे ब्रेक डाउन एसिस्टेन्स सेवाको साथमा सबै सर्भिस सेन्टरहरू पनि खुला राखेर सर्भिस तथा मर्मत सम्भारसम्बन्धी पूर्ण सेवा उपलब्ध गराउने व्यवस्था कम्पनीले गरेको जानकारी दिएको छ ।

असोज २२ गतेसम्मका लागि सिप्रदीका सबै सर्भिस सेन्टरहरूमा टाटा कमर्सियल गाडीका लागि शुभकामना सर्भिस क्याम्पको आयोजना पनि गरेको बताइएको छ । त्यस अवधिमा टाटा जेन्युइन पार्ट्स, ल्युब्रिकेन्टस् तथा लेवर चार्जहरूमा १५ देखि ५० प्रतिशतसम्मको छुट सुविधा प्राप्त गर्ने अवसर सिप्रदीले प्रदान गरेको छ ।

यस अवधिमा देशभरिबाट पाँच हजारभन्दा बढी गाडीको चेकअप गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  २३:१२
प्रतिक्रिया दिनुहोस्