site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राहत कोषमा कांग्रेसको ५० लाख, कोजाग्रत पूर्णिमाको चियापान स्थगित : यी हुन् निर्णय
कांग्रेस केन्द्रीय समिति बैठकको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसले राहत र उद्धार कार्यमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको छ । बूढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आइतबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट यस्तो निर्णय गरिएको हो ।

पीडितको सहयोगका निम्ति ५० लाख रुपैयाँ सरकारको राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको छ । यसका निम्ति कांग्रेसका सबै सांसदहरूको १५ दिनको तलब सहयोग गर्ने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

यस्तै, कांग्रेसको जारी अभियान कोजाग्रत पूर्णिमासँग स्थगन गरी बवै भातृसंगठनलाई उद्धारमा खट्न निर्देशन दिइएको छ । विषम परिस्थितिका कारण हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन पार्टीले गर्दै आएको चियापान कार्यक्रम समेत स्थगन गरिएको प्रवक्ता महतले बताए ।

बाढीपहिरोमा बेपत्ता भएकाहरूको खोजीकार्य तीव्र गर्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ । घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन समेत ध्यानाकर्षण गराइएको उनले बताए ।

अवरुद्ध सडक सञ्जाल छिटो मर्मत गर्दै चाडबाडका बेला सहज रूपमा घर जान सक्ने अवस्था बनाउन समेत आग्रह गरिएको प्रवक्ता महतले जानकारी दिए ।

आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका निम्ति निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरिएको छ । उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गर्ने उमेदवारलाई पत्र दिन सभापतिलाई जिम्मेवारी प्रदान गर्ने निर्णय समेत गरिएको छ । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro