site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
सम्पादकीय
Global Ime bankGlobal Ime bank
SkywellSkywell

महिनाअनुसार शरद ऋतु लागिसकेपछि आएको बाढीले ठूलै महर मच्चाएको छ । बिहीवारदेखि नै पर्न थालेको पानीले झरीको रूप लिएपछि शनिवार दिउँसोसम्म काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा बाढी, पहिरोे र डुबानबाट ठूलो क्षति भएको हो ।

अहिलेसम्म सार्वजनिक भएको जानकारीअनुसार सयौं जनाको ज्यान गएको अनुमान गर्न सकिन्छ । सार्वजनिक र निजी सम्पत्तिको क्षतिको त अनुमान पनि गर्न सकिँदैन । राजधानी आउनेजाने राजमार्गहरू सबैजसो अवरुद्ध भएका छन् भने उपत्यकाको आधाभागमा विद्युत्  आपूर्ति अवरुद्ध भएको छ ।  

खासगरी नदी वा खोलाका किनारमा बसाइएका बस्तीहरू र पहाड खोतलेर बनाइएका सडकहरू बाढी र पहिरोको विशेष चपेटामा परेको देखियो । अर्थात्, अहिलेको बाढी ,पहिरो र डुबानको विपत्ति प्राकृतिक प्रकोपभन्दा बढी मानव सिर्जित हो । 

Dabur Nepal
NIC Asia

सामान्यतः पहाडी भूभागमा पहिले नदेखिएको डुबानको समस्या यसपटक उपत्यकामा यसपटक बाढीजत्तिकै भयावह देखिएको छ । बर्खाको पानीको सहज निकास थुनिएको र पानी सोस्ने खाली जमिन सकिँदै गएको कारण डुबानको समस्या डरलाग्दो हुँदै गएको हो ।

यसैगरी पहाड खोस्रेर बनाइएका उपत्यकालाई पूर्व र पश्चिमसँग जोड्ने सडकहरूलाई विस्तारका नाम क्षमताभन्दा बढी खोस्रिँदा पहिरोको समस्या पनि भयावह हुँदै गएको गियो । तिनै सडकहरूको माथिपट्टिका डाँडा पखेरामा वातावरणीय अध्ययनविना खनिएका डोजरे मोटरबाटाहरूले नसोचेका ठाउँमा समेत पहिरो गयो ।

पहाड र भित्री मधेसका खहरे खोलाहरूलाई ‘तटबन्ध’ गरेर तह लगाउन खोजिँदा पनि बाढीको जोखिम र भयावहता बढाएको छ । एउटा किनारामा त्यही खोलाबाट ढुंगा झिकेर पर्खाल लगाउँदा खोलो अर्कोपट्टि पस्छ भन्ने ज्ञान तारजालीवाला विकासे इन्जिनियर र ठेकेदारले नपाउँदा अहिलेको कहर भोग्नुपरेको हो ।

तत्कालका लागि त सरकारले उद्धार र सडक मर्मतलाई प्राथमिकता दिनु आवश्यक छ । नख्खुमा जस्तो घन्टौं छतमा बस्दा पनि सहायता नपाएर बग्ने अवस्था राजधानीमै रहेछ । सरकारले अब यस्तो अवस्था उत्पन्न हुन दिनु हुँदैन । नागरिकको ज्यान जोगाउनु राज्यको पहिलो र सबैभन्दा महत्त्वपूर्ण कर्तव्य हो । यद्यपि, उद्धारमा सरकारले बेवास्ता गरेको भन्नु अन्याय हुन्छ तर तालमेल भने राम्ररी मिलेको देखिँदैन ।

दसैंकै मुखमा सडकहरू भत्केकाले सरकारले उपत्यका आउनेजाने सडक सञ्चालन गर्न सबै शक्ति लगाउनुपर्छ । नेपाली सेनालगायत सबै सुरक्षा फौजहरूको परिचालन गरेर पनि बाटो खोल्नु जरुरी देखिन्छ । दसैंमा घर हिँडेकाहरू सुरक्षितरूपमा गन्तव्यमा पुग्न पाउनुपर्छ ।

यस्तै, उपत्यका आउने नाकाहरू केही दिनमात्र पनि बन्द हुँदा कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्ने प्रवृत्ति व्यापारीमा देखिँदै आएको छ । सामान्य अवस्थामा  सरकारले बजारमा हस्तक्षेप गर्न हुँदैन तर कालोबजारी नियन्त्रणमा भने सरकार सक्रिय र प्रभावकारी हुनैपर्छ । विशेषगरी उपत्यका र राजमार्गमा खाद्य पदार्थको मूल्य नियमन गरिनु जरुरी हुन्छ ।

विकासको अहिलेको ‘झिल्के’ ढाँचामा पुनर्विचार गरेर सच्याउनु पर्ने पाठ प्राकृतिक प्रकोपहरूले पढाउँदै आएका छन् । प्रकृतिलाई जितेर तहलगाउने चरमभौतिकवादी विकास ढाँचाले मानव कल्याण नहुने स्पष्ट भइसकेपछि पनि त्यसैको मोहमा लठ्ठिने हो भने ‘बत्तीको पुतली’ हुने निश्चित छ । चेतना होस् । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro