site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिंहदरबार प्रवेश गर्न नागरिक एपबाटै ई–पासको व्यवस्था गरिँदै

काठमाडौं । सरकारले सिहंदरबार प्रवेश गर्न अनलाइनबाट पास लिन मिल्ने ई–पासको व्यवस्था गर्ने भएको छ । हाल सञ्चालनमा रहेको नागरिक एपबाटै ई–पास लिन मिल्ने गरी तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

ई–पास कार्यान्वयनमा ल्याउन शुक्रबार प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारका सचिव एवं सम्बन्धित मन्त्रालय तथा निकायका अधिकारीबीच बैठक बसेको छ । बैठकले आउँदो आइतबार सिंहदरबारभित्रका सबै मन्त्रालय तथा आयोगसँग ई–पास उपलब्ध गराउनेसम्बन्धी समन्वय गर्न बैठक बोलाउने निर्णय गरेको छ ।

Dabur Nepal
NIC Asia

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले ई–पास चाँडै सञ्चालनमा आउने बताए । मन्त्रालयका उपसचिव दिलकुमार तामाङले आइतबार सिंहदरबारभित्रका सबै मन्त्रालय तथा आयोगलगायत कार्यालयलाई एडमिन उपलब्ध गराइने विषयमा छलफल हुने र त्यसपछि कार्यान्वयनमा जाने बताए । असोजभित्रै ई–पास लिन मिल्ने सुविधा उपलब्ध हुनसक्ने उनको भनाइ छ ।

उनले भने, “पहिले नागरिकले नयाँ रजिष्ट्रेसन गर्नुपथ्र्याे जुन झन्झट थियो । अब नागरिक एपबाट रिक्वेस्ट गरेर सिंहदरबारभित्रको निकायबाट स्वीकृत भएसँगै पास मिल्ने गरी सजिलो बनाएर सञ्चालनमा ल्याइने तयारी भइरहेको छ ।” 

सिंहदरबार प्रवेश गर्दा ई–पासको जाँच गर्ने विषयमा सहजताका लागि नेपाल प्रहरीसँग भोलि (शनिबार) समन्वय गर्न बैठक बस्ने तयारी भएको उपसचिव तामाङले बताए ।
 
प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अलीले नागरिक एपबाट सहज हुने गरी ई–पास मिल्ने व्यवस्था भइरहेको बताए । उनले यो काम अहिले परीक्षणकै चरणमा रहेको र चाँडै सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिए । 

असोज ७ गते बसेको सचिव बैठकले सहरी विकास मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा सिंहदरबार प्रवेश गर्दा ई–पास प्रणाली एक महिनाभित्र गृहमन्त्रालयले सञ्चालनमा ल्याउनुपर्ने निर्णय गरेको थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro