site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागरिक एपमा थपियो लाइसेन्सको विवरण, प्रहरीले ‘डिजिटल लाइसेन्स’ जाँच गर्ने
Tiktok banner adTiktok banner ad

काठमाडौं । विभिन्न किसिमका सरकारी सेवा सहजै उपलब्ध गराउने गरी सञ्चालनमा आएको नागरिक एपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी विवरण थपिएको छ । नागरिक एप अपडेट गर्दा वा डाउनलोड गर्दा लाइसेन्ससँगै क्यूआर पनि देखिने भएको छ । 

त्यसबाहेक ट्राफिक नियम उल्लंघन गरेको विवरण समेत सवारी चालक अनुमतिपत्रको सेक्सनभित्र देखिने भएको छ ।

यातायात व्यवस्था विभागलाई लाइसेन्स छाप्न जटिलता भइरहेका बेला अब अनलाइनबाटै ‘डिजिटल लाइसेन्स’लाई ट्राफिक प्रहरीले अनुमति दिने गरी प्रक्रिया अघि बढेको छ । नागरिक एपमा लाइसेन्ससँगै देखिने क्यूआरलाई ट्राफिक प्रहरीले आफूसँग भएको एपमार्फत स्क्यान गरेर पूर्ण विवरण प्राप्त गर्नसक्ने भएको हो ।

प्रहरीले सहजै लाइसेन्स जाँच गर्न पाउने र नियम उल्लंघन गरेको विवरणलगायत जानकारी हेर्न सक्नेछ । यो सञ्चालनमा आएपछि ट्राफिक नियम उल्लंघन गरेकै ठाउँबाट अनलाइनमार्फत जरिबाना तिर्न सकिने व्यवस्था समेत नागरिक एपमार्फत उपलब्ध हुने गरी काम भइरहेको छ ।

काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) भरतबहादुर बोहराले अनलाइनबाटै लाइसेन्स जाँच गर्ने व्यवस्थाको अहिले परीक्षण भइरहेको बताए । 

“अहिले यसको परीक्षण भइरहेको छ । चाँडै नै औपचारिक रूपमा यो घोषणा भएर लागुहुन्छ, त्यसपछि अनलाइनबाटै जरिबाना तिर्न सकिने सुविधामा काम हुन्छ,” डीआईजी बोहराले भने ।

नागरिक एपको विकासमा काम गरिरहेका एक अधिकारीले डिजिटल लाइसेन्सलाई नै प्रयोगमा ल्याउने गरी भइरहेको काम अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार परीक्षण सफल भएसँगै औपचारिक रूपमै यसले मान्यता पाउनेछ ।

नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने भन्दै सरकारले सार्वजनिक गरेको नागरिक एपबाट विभिन्न सरकारी निकायको सेवा लिनसक्ने र विवरण प्राप्त गर्नसक्ने व्यस्था छ । अहिले नागरिक एपमा विभिन्न सेवा थपिने काम भइरहेको ती अधिकारीले बताएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro