site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सरकार पर्यटन क्षेत्रको समस्या समाधानमा लागेको छ : सिंह
Dabur Nepal
NIC Asia

काठमाडौं । पर्यटन क्षेत्रको विकासका लागि सरकार समस्या पहिचान गरी समाधानतर्फ लागेको कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बताएका छन् । अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउँदै उनले कुल ग्राहस्थ उत्पादनमा यो क्षेत्रबाट भइरहेको योगदान अझ कसरी बढाउने भन्नेमा सरकार लागेको बताए । 

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले शुक्रबार ४५औं विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्याइरहेको योगदानको प्रशंसा गरे । तर, उनले सन्तोषजनक अवस्था भने नरहेको भन्दै आगामी दिनमा पर्यटन क्षेत्रबाट हुने योगदान थप वृद्धि गर्न सरकारले आवश्यक सहजीकरण गर्ने पनि बताए ।

“पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ । कूल ग्राहस्थ उत्पादनमा यो क्षेत्रबाट भइरहेको योगदान अझ कसरी बढाउन सकिन्छ ? त्यसतर्फ लाग्नुपर्ने आवश्यक्ता छ,” सिंहले भने,“ पर्यटन क्षेत्रमा काम गर्दा परेको अप्ठ्यारो पहिचान गरेर सरकारले हटाउँछ । सहज रुपमा व्यवसाय गर्नसक्ने अवस्था सरकारले बनाउनेछ ।”
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro