site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्राइडे रिलिज : ‘सानो संसार’ र ‘आँखा’ हलमा

काठमाडौं । फ्राइडे रिलिजमा आज दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘सानो संसार’ र ‘आँखा’ आजबाट प्रदर्शनमा भएका हुन् ।

‘सानो संसार’लाई सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन् । ‘आँखा’लाई जौन योन्जनले निर्देशन गरेका छन् । 

‘सानो संसार’ पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्र हो । ‘आँखा’ सुकुम्बासी बस्तीको कथा समेटेर बनाएको चलचित्र हो । 

‘सानो संसार’ पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्र हो । यसमा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेना, राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ । 

राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको चलचित्रका निर्माता अर्जुन कुमार हुन् । कार्यकारी निर्माता माधव वाग्ले हुन् । 

सिद्धार्थ पुडासैनीले यो चलचित्रबाट लेखन तथा निर्देशनमा डेव्यु गरेका छन् । उनलाई सिनेमाको कथा लेखनमा सरिष्मा खत्रीले सघाएकी छन् ।

‘आँखा’मा जौन योन्जनको लेखन तथा निर्देशन छ । सिनेमाको मुख्य भूमिकामा स्मिता लामिछाने र आरके मेहता छन् ।

आरके र स्मितासँगै निशा अधिकारी, सरोज खनाल, पशुपति राई, प्रवीण खतिवडा, विजय बराल, बुद्धि तामाङ, कृष्णभक्त महर्जन, राजन खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, अभयराज बराल र बाल कलाकार प्रसन राई पनि मुख्य भूमिकामा छन् । यसले प्रिमियरमा औसत प्रतिक्रिया पाएको छ ।

ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको सिनेमामा नारायणप्रसाद बराल कार्यकारी निर्माता, रेनुका कार्की ढोली सहनिर्माता तथा राम बस्नेत लाइन प्रोड्युसरमा छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro