site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी योजना आयोगबाट माओवादी ‘कोटा’का सदस्य बाहिरिए

विराटनगर । कोसी प्रदेश योजना आयोगमा नेकपा (माओवादी केन्द्र)को ‘कोटा’बाट नियुक्त भएका दुई सदस्यले राजीनामा दिएका छन् । सदस्यहरू नमिता न्यौपाने र भवानीप्रसाद बरालले प्रदेश सरकारसमक्ष आफ्नो पदबाट राजीनामापत्र बुझाएका हुन् ।

उनीहरूलाई प्रदेश मन्त्रिपरिषद्ले गएको जेठ २८ गते उक्त सदस्यमा नियुक्त गरेको थियो । “पदमा रही कार्य गर्न असमर्थ रहेको जानकारी गराउँदै प्रदेश योजना आयोगको सदस्य पदबाट संयुक्त रूपमा राजीनामापत्र चढाउँदछौँ,” सदस्यद्वयको पत्रमा उल्लेख छ ।

माओवादी कोटाबाट नियुक्त विभिन्न निकायका पदाधिकारीले नयाँ सत्ता गठबन्धनपछि राजीनामा दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro