site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिजबुल्लाह हमास होइन, इजरायलले अर्को युद्ध थेग्न सक्छ ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । इजरायलले गाजामा प्यालेस्टिन चरमपन्थी समूह हमाससँग युद्ध लडेको एक वर्ष बित्न लाग्यो । सन् २०२३ अक्टोबर ८ बाट सुरु भएको युद्ध रोकिने कुनै संकेत छैन । अक्टोबर ७ मा हमासले अचानक इजरायलमा आक्रमण गरी १२ सयभन्दा बढीको ज्यान लिएपछि इजरायल–हमास युद्ध सुरु भएको थियो । 

झण्डै एक वर्षदेखि गाजामा हमाससँग युद्ध जारी रहेकै बेला इजरायलले पछिल्ला दिन लेबनानको सशस्त्र समूह हिजबुल्लाहसँग शत्रुता बढाउँदैछ । हिजबुल्लाह सशस्त्र समूह मात्र होइन, लेबनानको प्रभावशाली राजनीतिक पार्टी पनि हो । हिजबुल्लाहको बढी प्रभाव लेबनानको दक्षिणी भूभाग अर्थात् इजरायलसँग सीमा जोडिएको क्षेत्रमा छ । 

इजरायलले पछिल्ला दिन हिजबुल्लाहको सञ्चार उपकरण (पेजर, वाकीटकी) लक्षित गरी गोप्य अपरेसन गरेको छ । त्यतिमात्र होइन विनाशकारी बमहरू पनि दक्षिण लेबनानमा रहेका हिजबुल्लाहका अखडा लक्षित गर्दै प्रहार गरेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

हमासविरुद्धको युद्धले इजरायली सेनामा तनाव थपिएको छ । सैनिकहरूको विश्राम गर्ने समय घटेको छ । सैनिकको अभाव भइरहेको छ । अर्थव्यवस्थाले वर्षौपछि सबैभन्दा ठूलो गिरावटको सामना गरिरहेको छ । र, इजरायल सरकारमाथि युद्धविराम र बन्धक छुटाउनलाई गर्नुपर्ने सम्झौताको लागि जनताको दबाब बढ्दो छ ।

इजरायलले लेबनानमा स्थल आक्रमण सुरु गर्न चाहन्छ वा बाध्यता महसुस गरिरहेको छ, यो स्पष्ट छैन । तर जुन गतिविधि भैरहेको छ, त्यसले प्रश्न उठाएको छ– के इजरायल हमाससँग युद्ध गरिरहेको बेला हिजबुल्लाहीविरुद्ध युद्धमा जान सक्छ ?
 
हमासले इजरायलमाथि गरेको घातक आक्रमणको भोलिपल्ट अर्थात २०२३ अक्टोबर ८ देखि हिजबुल्लाह र इजरायली सेनाबीच नियमित सीमापार गोली हानाहान चलिरहेको छ । गाजामाथि इजरायलले गरेको आक्रमणको विरोध गर्न हिजबुल्लाहले पहिला इजरायलमा गोली चलाएको थियो । हमाससँग युद्धविराम गरी युद्ध अन्त गर्ने माग हिजबुल्लाहले इजरायल समक्ष अघि सारेको थियो । 

Royal Enfield Island Ad

गतसाता इजरायलले लेबनानमा पेजर र वाकीटकी विस्फोट गराई ५० जनाभन्दा बढीको ज्यान लिएको थियो । हजारौंलाई घाइते बनाएको थियो । यो घटनाले थप तनाव बढायो र सीमा क्षेत्रमा फायरिङ र बिस्फोटको ध्वनी बढ्यो । 

यदि, इजरायल हिजबुल्लाहसँग बृहत्स्तरको युद्धमा गए उनीहरूले हमासभन्दा धेरै ठूलो खतराको सामना गनुपर्ने विज्ञहरू बताउँछन् । यसले क्षति र खर्च दुवै बढाउने छ । 

“हिजबुल्लाह हमास होइन,” तेल अवीवको राष्ट्रिय सुरक्षा अध्ययन संस्थान (आइएनएसएस)का वरिष्ठ अनुसन्धानकर्ता योएल गुजान्स्कीले भने । उनले इजरायलको राष्ट्रिय सुरक्षा परिषदमा तीन प्रधानमन्त्री मातहत रही सेवा गरेका थिए । 

“हिजबुल्लाह ‘राज्यभित्रको राज्य’ हो, जससँग मजबुत सैन्य क्षमता छ,” गुजान्स्कीले भने ।

केही दिनअघि हिजबुल्लाहले इजरायलमा सबैभन्दा खतरनाक आक्रमण गरेको थियो । इजरायली सीमाबाट ४० किलोमिटर (२५ माईल) दक्षिणमा हाइफाको बन्दरगाह सहर नजिकै किरियत बियालिक, सुर शालोम र मोरेशेटमा उक्त आक्रमणको प्रभाव परेको थियो ।

गत अक्टोबर ८ यता सीमापार गोलाबारीका कारण उत्तरी इजरायलका ६२ हजारभन्दा बढी बासिन्दा घरबाट विस्थापित भइसकेका छन् । २६ जना इजरायली नागरिक र २२ जना इजरायली सैनिक (रिजर्भेष्ट) को मृत्यु भएको छ ।
 
समाचार संस्था रोयटर्सका अनुसार, त्यही अवधिमा दक्षिण लेबनानका ९४ हजार लेबनानी विस्थापित भएका थिए । ५०० हिजबुल्लाहका लडाकूसहित ७४० जनाभन्दा बढी लेबनानी इजरायली आक्रमणमा परी मारिएका थिए ।

लेबनानी अधिकारीहरूका अनुसार, इजरायलले गत सोमबारदेखि गरेको आक्रमणमा परी कम्तीमा पनि ५५८ जना लेबनानीको ज्यान गएको छ भने १६ हजार ५०० विस्थापित भएका छन् ।

बलियो शत्रु

इरानको सबैभन्दा नजिकको क्षेत्रीय साझेदार तथा शिया इस्लामी समूह हिजबुल्लाहले गतवर्ष अझ बढी परिस्कृत हतियारको प्रदर्शन गरेको थियो । पछिल्लो समयमा हिजबुल्लाहले इराक र यमन लगायत मध्य–पूर्वका आफ्ना सहयोगी र साझेदारहरू मार्फत रणनीतिक छलाङ समेत मारेको छ ।

इजरायलको सैन्य क्षमता सन् २००६ मा लेबनानमा भएको अन्तिम युद्धपछि सुधार भएको छ  । त्यतिबेला यहुदीहरूको देश इजरायलसँग आइरन डोम प्रतिरक्षा प्रणाली थिएन । हिजबुल्लाहसँग पनि त्यतिबेला अहिलेको जस्तो मजबुत हातहतियार थिएन । 

सैन्य विश्लेषकहरूले हिजबुल्लाहसँग ३० हजार देखि ५० हजारसम्म सेना रहेको अनुमान गरेका छन् । तर यस वर्षको सुरुमा हिजबुल्लाहका नेता हसन नसरल्लाहले आफूसँग १ लाखभन्दा बढी लडाकु र रिजर्भिस्टहरू रहेको दाबी गरेका थिए । हिजबुल्लाहसँग १ लाख २० हजार देखि २ लाखसम्म रकेट र मिसाइल रहेको विश्वास गरिन्छ ।

हिजबुल्लाहसँग रहेको सबैभन्दा शक्तिशाली सैन्य हतियार भनेको लामो दूरीको ब्यालिस्टिक मिसाइल हो ।  जसमा २५० देखि ३०० किलोमिटर (१५५ देखि १८५ माइल)को दायरासम्म मार हान्न सक्ने १ हजार ५०० मिसाइलहरू सहित हजारौंको संख्या यस्तो हतियार रहेको अनुमान गरिएको छ ।

केही दिनअघि इजरायलको रमात डेभिड एयरबेसमा गरिएको आक्रमणमा फदी १ र फादी २ मिसाइलहरू प्रयोग गरिएको हिजबुल्लाहले बताएको थियो । यस्तो लामो दूरीको हतियार हिजबुल्लाहले पहिलो पटक प्रयोग गरेको मानिन्छ । रमात डेभिड एयरबेस लेबनानी सीमाबाट करिब ३० माइल टाढा पर्छ ।

हिजबुल्लाहको आक्रमणबाट रमात डेभिड एयरबेसमा के कस्तो क्षति भएको थियो भन्ने बारे इजरायली सेनाले कुनै प्रतिक्रिया जनाएको छैन । इजरायली आपतकालीन सेवाहरूले आक्रमणमा तीन जना घाइते भएको बताएका छन् ।

बेहनम बेन तालेब्लु वाशिंगटन डीसीको फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसीज (एफडीडी) थिंक ट्याङ्कका वरिष्ठ फेलो हुन् । उनले लामो सयमदेखि इरान र यसका प्रोक्सीहरूमा आफ्नो ध्यान केन्द्रित गर्दै आएका छन् । उनी भन्छन्, “यी प्रोजेक्टाइलहरूको वारहेड तौलले भारी ‘बुर्कन आईआरएएम’ (सुधारिएको रकेट) को सम्झना दिलाउँछ ।”

हिजबुल्लाहले इजरायलविरुद्ध गत हिउँदमा पहिलो पटक यस्ता हतियार प्रहार गरेको थियो, जुन लामो दूरीका थिए ।

इजरायलसँग हिजबुल्लाहको तुलनामा धेरै उच्च क्षमताका सैनिक छन् । इरान समर्थित हिजबुल्लाह समूहसँग पनि ५०० किलोमिटरसम्म प्रहार गर्न सक्ने क्षमताका क्षेप्यास्त्र छन् । तर यसले इजरायलभित्र क्षति गर्न इजरायलको आइरन डोम एयर डिफेन्स सिस्टम छक्काउन सक्नुपर्नेछ ।

“इजरायलले गत साता आफ्ना सञ्चार उपकरणमा गरेको आक्रमण र वरिष्ठ नेताको हत्याबाट फेस सेभिङ गर्न हिजबुल्लाहले यस्ता हतियार प्रयोग गरेको हो,” बेन तालेब्लुले भने । आईएनएसएसका हिजबुल्लाह विशेषज्ञ ओर्ना मिज्राही भने इजरायलको दुई वटा मोर्चामा एकसाथ युद्ध लड्ने धेरै क्षमता अमेरिकी समर्थनमा निर्भर हुने बताउँछन् ।

“आईडीएफ (इजरायलको रक्षा सेना) ले लामो समयसम्म दुवै मोर्चामा लड्न सक्छ । यदि अमेरिकीहरूबाट हतियार मिल्यो भने त्यो गर्न सक्ने क्षमता छ,” मिज्राहीले भने । यदि पूर्णस्तरको युद्ध भयो भने अमेरिकाले इजरायललाई सहयोग गर्न दाबी पनि उनको छ ।

इजरायलसँग शक्तिशाली गुप्चर प्रणाली छ, जसको फाइदा इजरायले लिन सक्छ । हिजबुल्लाहको सञ्चार प्रणालीमा गत हप्ता आक्रमण गरेर इजरायलले यसको पुष्टी गरिसकेको छ । 

मोडिँदै इजरायली सेना 

इजरायल एउटा सानो देश हो र यसको सैन्य जनशक्ति असीमित छैन । सम्भावित दोस्रो मोर्चामा युद्धको तयारी गर्दा आइडीएफले गाजाबाट उत्तरी सिमानामा केही प्रमुख डिभिजनहरू मोडिरहेको छ । “जब तपाईं एकभन्दा बढी मोर्चामा लड्दै हुनुहुन्छ, तपाईँ हरेक मोर्चामा धेरै लगानी गर्न सक्नुहुन्न,” मिज्राहीले भने, “यसैकारण यो युद्ध फरक तरिकाले हुनेछ ।”

इजरायलका रक्षा मन्त्री योभ ग्यालान्टले गत हप्ता भनेका थिए, “गुरुत्वाकर्षणको केन्द्र उत्तरतिर सर्दैछ । सेना, स्रोत र ऊर्जा अब सारिँदै छ ।”

ती एकाइहरूमध्ये एक इजरायलको ९८औं डिभिजन हो । यो ‘अट्जब्याट हयेश’ को रूपमा पनि परिचित छ । इजरायली मिडियाका अनुसार, यो प्याराट्रूपर डिभिजनमा १० हजारदेखि २० हजार सेना सम्मिलित हुने गर्छन् ।

गुजान्स्कीको बुझाईमा लेबनानतर्फ स्रोतहरू मोड्नुको मतलब गाजा युद्ध समाप्त भएको भन्ने होइन । तर नेतान्याहूले यस क्षेत्रबाट विस्थापितहरूलाई फिर्ता ल्याउन बढ्दो घरेलु दबाबका कारण युद्धलाई बाध्यताको रुपमा लिइरहेका छन् । 

इजरायली मिडियामा उद्वृत विष्लेषण र सैनिक अधिकारीहरूले पनि बारम्बार आईडीएफ अभावबाट गु्रज्रिरहेको बताएका छन् ।

हमाससँगको युद्धको सुरुमै सेनाले आफ्नो जनशक्ति बढाउने प्रयासमा लगभग २ लाख ९५ हजार रिजर्भिस्टहरू भर्ती गरेको थियो । उक्त संख्या अपर्याप्त रहेको सावित भइरहेको छ । गाजा र अन्य ठाउँमा भएको युद्धले सैनिकहरूलाई पनि असर गरेको छ । सन् २०२३ अक्टोबर ७ देखि हालसम्म ७१५ इजरायली सैनिक मारिएका छन् । यो संख्या उत्तरी मोर्चामा मारिएका समेतको हो । 

“यो इजरायलको इतिहासमा सबैभन्दा लामो युद्ध हो । १९४८ को स्वतन्त्रताको युद्धभन्दा लामो पनि लामो,” गुजान्स्कीले भने, “इजरायललाई बिस्तारै कमजोर पार्दै लैजाने यही नै हिजबुल्लाह र इरानको लक्ष्य हो ।”

आईडीएफमाथि दबाब बढाउने लक्ष्यअनुसार प्रत्येक दिन सानो संख्यामा रकेटहरू प्रहार गर्ने काम हिजबुल्लाहबाट भइरहेको उनले जनाए ।

ओरालो लाग्दै अर्थतन्त्र

इजरायलको अर्थतन्त्रलाई गाजा युद्धले सबैभन्दा ठूलो क्षति गरेको छ । अक्टोबर ७ को आक्रमणले झट्का दिन सुरु गरेको थियो । त्यसपछि निरन्तर यो बढ्दो छ । 

हतियार उठाउन रिजर्भिस्टहरूले आफ्नो नागरिक जीवन त्यागेकाले हजारौं व्यवसाय प्रभावित भएका छन् । इजरायलको अर्थतन्त्र डरलाग्दो दरमा संकुचित हुँदैछ । “इजरायली अर्थतन्त्र र इजरायली समाजको लागि यो विनाशकारी छ,” गुजान्स्कीले भने । प्रभाव आउने वर्षहरूसम्म रहनेछन् ।

आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) का सबै ३८ राष्ट्रहरूमध्ये इजरायलमा यस वर्षको अप्रिल र जुन बीचमा सबैभन्दा तीव्र आर्थिक मन्दी रहेको देखियो । संगठनले आफ्नो त्रैमासिक प्रतिवेदनमा यो कुरा उल्लेख गरेको छ । 

ओईसीडीका अनुसार, इजरायलको अर्थतन्त्र युद्धको प्रारम्भिक महिनाहरूमा ४.१ प्रतिशतले संकुचित भयो । २०२४ को पहिलो र दोस्रो क्वार्टरमा सुस्त दरमा भए पनि संकुचन जारी रहेको छ ।

इजरायलको सैन्य खर्च बढ्दै जाँदा अर्थतन्त्र संकुचित बन्दै गएको छ । यस वर्षको सुरुमा इजरायलको केन्द्रीय बैंकका गभर्नर अमिर यारोनले सन् २०२३ र २०२५ को बीचमा युद्धमा इजरायलको २५३ बिलियन इजरायली शेकेल (६७ बिलियन डलर) सम्म खर्च हुने भन्दै चेतावनी दिएका थिए । यो इजरायलको जीडीपी को लगभग १३ प्रतिशत हो । 

द्वन्द्वको विस्तारले इजरायलको क्रेडिट मूल्याङ्कनलाई पनि प्रभाव पारेको छ । यसले ऋण अझ महँगो बनाएको छ । धेरै रेटिङ एजेन्सीहरूले युद्ध सुरु भएदेखि नै देशलाई ‘डाउनग्रेड’ गरेका छन् ।

वैधतामा संकट

दोस्रो मोर्चा विशेष गरी इजरायललाई भन्दा लेबनानलाई धेरै हानिकारक हुन सक्छ । यो दृश्य गाजामा देखिसकेको छ । हमासको नाममा प्यालेस्टिनले जुन दुःख पाइरहेका छन् त्यो दुःख हिजबुल्लाको नाममा लेबनानीले पाउने सक्भावन उत्ति नै देखिन्छ । 

यसैकारण गाजामा इजरायली आक्रमणको आलोचना धेरै देशले गरिरहेका छन् । यस्तै दृश्य लेबनानमा दोहोरिए यो आलोचना अझ् बढ्ने । हमासमाथि आक्रमण गर्दा आलोचनासहित समर्थन गरिरहेका धेरै देशले इजरायलको साथ छाड्न सक्छन् ।

अक्टोबर ७ मा हमासको आक्रमण लगत्तै इजरायलले प्राप्त गरेको विश्वव्यापी सहानुभूति इजरायलको विनाशकारी प्रतिक्रियाको कारणले तीव्र आलोचनामा परिणत भएको थियो । इजरायलले अन्तर्राष्ट्रिय अदालतहरूमा युद्ध अपराध र नरसंहारको आरोपको सामना गरिरहेको छ । तर इजरायलले भने यसलाई अस्वीकार गर्दै आएको छ ।

इजरायले हमासमाथि आक्रमण गर्दाको सुरुवाती दिनमा देशभित्र गरिएका सर्वेक्षणले जनताको ठूलो समर्थन रहेको देखाएको थियो । पछिल्ला दिनमा घरेलु समर्थन घट्दो छ । हिजबुल्लाहसँगको युद्धको समर्थन गर्ने विषयमा इजरायलीहरू विभाजित देखिन्छन् ।

इजरायल डेमोक्रेसी इन्स्टिच्युटको थिंक ट्याङ्कले जुलाईमा एउटा सर्वेक्षण नतिजा सार्वजनिक गरेको थियो । उक्त सर्वेक्षणमा सहभागी ४२ प्रतिशत इजरायलीहरूले भविष्यमा थप द्वन्द्वको सम्भावनाको बाबजुद आफ्नो देशले हिजबुल्लाहसँग कूटनीतिक सम्झौता गर्नेपर्ने धारणा राखेका थिए । ३८ प्रतिशतले इजरायलीले सैन्य विजयलाई पछ्याउनुपर्ने मत राखेका थिए ।

सर्वेक्षणले हिजबुल्लासँगको युद्धलाई लिएर इजरायलीबीच ठूलै मतभिन्न रहेको देखाउँछ । २०२३ को उत्तरार्धमा प्राप्त प्रतिक्रियाको तुलनामा हिजबुल्लासँगको युद्धमा समर्थन कम छ । गुजान्स्कीका अनुसार उत्तरी इजरायलमा युद्धका लागि दबाब सम्भवतः अधिक स्पष्ट छ– जहाँ मानिसहरूको व्यवसाय छैन, परिवारहरू टुक्रिएका छन्, मानिसहरू मारिएका छन् ।

“यीमध्ये धेरै उत्तरी इजरायलका बासिन्दाहरू जो लगभग एक वर्षदेखि उत्तरी सीमाको नजिक बसेका छन् उनीहरू केवल पूर्णस्तरको युद्धले मात्र उत्तरमा वास्तविकता परिवर्तन ल्याउने सक्ने विश्वास राख्छन्,” उनले भने ।

(सीएनएनबाट भावानुवाद)  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ०६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro