site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साहारा सहकारी ठगी प्रकरणमा जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राईसहित १७ जनाविरुद्ध फेरि अर्को मुद्दा दर्ता भएको छ । जीबीविरुद्ध चितवनको साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

यसअघि, जीबीविरुद्ध पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीमा ठगी गरेको मुद्दा दर्ता भइसकेको छ ।

उनीसहित १७ जनालाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिल कार्यालय चितवनले सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएको हो ।

प्रतिवादी बनाइएकाहरूमा सहकारीका संस्थापक अध्यक्ष जीबीसहित सागर केसी, थानबहादुर बुढामगर, कुमार रम्तेल, भुपेन्द्र राई, हेमन्त राई, आशिष आनन्द छन् । त्यस्तै, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, वीरबहादुर रानाभाट, शरण विश्वकर्मालाई प्रतिवादी बनाइएको छ ।

साहारा सहकारीबाट ४४६ बचतकर्ताको ३७ करोड ६५ लाख रुपैयाँ अपचलन भएको खुलेको छ । प्रतिवादीहरूमध्ये सागर केसी र कुमार रम्तेल थुनामै छन् । जीबी राई अझै परार छन् ।

उनलाई पक्राउ गर्न प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत 'रेड नोटिस'समेत जारी भइसकेको छ । उनी मलेसियामा रहेको खुले पनि त्यहाँको प्रहरीले उनलाई पक्राउ गरेर नेपाल फर्काउन इन्कार गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro