site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराटनगरको विद्युतीय सफारी सोरुममा आगलागी 

विराटनगर । विराटनगरको एक इलेक्ट्रिक साइकल र सफारी सोरुममा आगलागी भएको छ । विराटनगर  महानगरपालिका–२ स्थित मुनालपथमा रहेको सोरुममा अपराह्न भीषण आगलागी भएको हो ।

प्रहरीका अनुसार स्थानीय भन्या इन्टरनेसनलमा भएको आगलागी विराटनगर महानगरको दमकल, प्रहरी र स्थानीयको सहयोगमा निभाउने कार्य भइरहेको छ । आगलागीबाट भएको क्षति यकिन नभएको तर, धेरै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।

आगलागीबाट विद्युत् तार, टीभी केबुल र इन्टरनेटको तयारी समेत जलेपछि मुनालपथ क्षेत्रमा सेवा अवरुद्ध भएको छ । चार्जिङ ब्याट्री पड्किएर आगो लागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro