site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डेंगी संक्रमितको संख्या १३ हजारनजिक

काठमाडौं । यो वर्ष (सन् २०२४) जनवरीयता देशभर डेंगी संक्रमितको संख्या १३ हजारनजिक पुगेको छ । २३ सेप्टेम्बरसम्म १२ हजार ६४४ जनामा डेंगी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

यो अवधिमा संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । सेप्टेम्बरका २३ दिनमा (१ देखि २३ सम्म) मात्रै पाँच हजार ७८० जना संक्रमित थपिएका छन् ।

Dabur Nepal
NIC Asia

संक्रमित धेरै हुनेमा काठमाडौं तेस्रो स्थानमा छ । एक हजारभन्दा बढी संक्रमित भएका जिल्लाको पहिलो नम्बरमा कास्की एक हजार ९०३, दोस्रोमा तनहुँ एक हजार ६४५, तेस्रोमा काठमाडौं एक हजार ५४० र चौथोमा पर्वत एक हजार ११० छन् ।

यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या एक हजारभन्दा कम छ । यो वर्ष हुम्लाबाहेकका ७६ जिल्लामा डेंगी फैलिएको ईडीसीडीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro