site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अखिल क्रान्तिकारीको अध्यक्षमा २० आकांक्षी, कसलाई कुन नेताको साथ ? 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलन बिहीबारबाट सुरु हुँदै छ । अधिवेशन १४ गतेसम्म काठमाडौंमा हुन लागेको हो । 

नेतृत्वका लागि आकांक्षीहरूको होडबाजी सुरु भएको छ । नेताहरूका अनुसार हालका १९ उपाध्यक्ष र महासचिव अध्यक्षका दाबेदार हुन् । उपाध्यक्षहरू पवन कार्की, इन्द्र भुसाल, जिपी मैनाली, नारायण खनाल, क्षितिज सापकोटा, मदन भट्टराई, मदन भूल, अमरजंग शाही, तुकमान महरा, केशव रावल, नरेश रेग्मीलगायत आकांक्षी छन् । 

महासचिव दिपेश पुनले पनि अध्यक्षको दाबी गरेका छन् । उनीमाथि सुन तस्करी र सहकारी ठगीको आरोप छ । आकांक्षीमध्ये केहीलाई पार्टीका पदाधिकारीको साथ छ । स्रोतका अनुसार पुनलाई उपमहासचिव वर्षमान पुनको साथ छ । त्यसबाहेक भुसाल र रावल वर्षमान पक्षका हुन् । 

महासचिव पुनलाई अध्यक्ष बनाउन नहुने दबाब आएमा उक्त पक्षबाट भुसाल उमेदवार बन्न सक्ने सम्भावना रहेको अखिलका नेताहरूको आंकलन छ । पवन कार्कीलाई वरिष्ठ उपाध्यक्ष बनाउन नारायणकाजी श्रेष्ठको साथ छ । पञ्चासिंह अध्यक्ष भएका बेला उनले समानान्तर कमिटी सञ्चालन गरेका थिए । 

अर्का उपमहासचिव जनार्दन शर्मा पक्षका भूल, खनाल, सापकोटा, भट्टराई, शाहीलगायत छन् । त्यसमध्ये भूललाई जनार्दनको साथ रहने सम्भावना छ । त्यस्तै, रेग्मी भने महासचिव देव गुरुङ निकट मानिन्छन् । उपमहासचिव शक्ति बस्नेतले महरालाई साथ दिने नेताहरूको भनाइ छ । 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने कसैप्रति संकेत गरिसकेका छैनन् । केही नेताहरू हेडक्वाटरकै उमेदवार बन्ने लविङमा छन् । हालका उपाध्यक्ष तथा प्रवक्ता मैनालीलगायत त्यसको तयारमा रहेको बताइन्छ । सम्मेलनमा दुई हजार ३२३ जना प्रतिनिधि रहनेछन् । सम्मेलनले ३३ पदाधिकारीसहित २४३ सदस्यीय केन्द्रीय कमिटी चुन्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro