site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दसैँको अग्रिम टिकट असोज १२ देखि खुल्ने, अनलाइनबाट पनि काट्न मिल्ने
फाइल तस्बिर ।

काठमाडौं । यातायात व्यवसायीहरूले दसैँमा घर फर्किने यात्रुको चापलाई लिएर अग्रिम टिकट बुकिङ खुलाउने भएका छन् । सोमबार यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यवसायीको संयुक्त बैठकले असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

यातायात व्यवस्था विभागका निर्देशक एवं सूचना अधिकारी इश्वरीदत्त पनेरुले शनिबारदेखि अग्रिम टिकट बुकिङ खुल्ने बताए । काठमाडौं उपत्यकाबाट दसैँका लागि घर फर्किने यात्रुले अग्रिम टिकट काट्न सक्छन् । 

बैठकले अनलाइन प्लेटफर्ममार्फत अग्रिम टिकट काट्ने व्यवस्था व्यवसायीहरूले गर्नुपर्ने निर्णय गरेको छ । दसैँको बेला उच्च चापले बसपार्कबाटै टिकट काट्न कठिनाइ हुने भएकाले अनलाइन प्लेटफर्महरूबाट पनि टिकट काट्न सकिने गरी व्यवस्था गरिएको जनाइएकाे छ । 

यस्तै, असोज १७ देखि कात्तिक १ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्म अत्यावश्यक ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारी साधनलाई निषेध गरिएको छ ।

यात्रुको अत्यधिक भीड हुने ठाउँमा सहायता कक्ष सञ्चालन गर्नुपर्ने निर्णय समेत बैठकले गरेको छ । अनधिकृत काउन्टर, परिचय पत्र, पोसाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रणमा लिइने संयुक्त बैठकको निर्णय छ । 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro