site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वर्षा बाधक बन्दा नेपाल र ओमानबीचको खेल रद्द, दुवै टिमले अंक बाँडे

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ । 

क्यानडाको ओन्टारियोस्थित किंग सिटी मैदानमा खेल नेपाली समयअनुसार ८ः४५ बनेदेखि सुरु हुनुपर्ने थियो । तर, वर्षाका कारण मैदान खेल्नयोग्य नबन्दा खेल रद्द भएको हो ।

नेपाल यसअघिका तीनै खेलमा पराजित भएको थियो । नेपालले पहिलो खेलमा क्यानडासँग १०३ रनको हार बेहोरेको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको थियो । नेपालले तेस्रो खेलमा पुनः क्यानडासँग पाँच विकेटको हार बेहोरेको थियो ।

लिग–२ मा सात खेल खेलेको नेपालले हालसम्म एकमात्र जित निकालेको छ । नेपालले यो प्रतियोगिताको पछिल्ला पाँच खेलमा लगातार हार बेहोरेको थियो ।

नेपाल अंकतालिकाको सातौँ स्थानमा छ । नेपालको तीन अंकमात्र छ । छैटौँ स्थानको ओमानले सात खेलबाट ६ अंक जोडेको छ ।

ओमानले आफ्नो पहिलो खेलमा नेपाललाई एक विकेटले हराएको थियो । दोस्रो खेलमा ओमान घरेलु टिम क्यानडासँग ५० रनले पराजित भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  २३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro