site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
साहु सुतिरहेका बेला मुस्ताङका १०३ च्यांग्रा चोरेर चितवन पुर्‍याएपछि...

पोखरा । कास्की प्रहरीले १०३ वटा च्यांग्रा चोरी आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देहीको शुद्धोधन गाउँपालिका–४ का ५० वर्षीय मोहम्मद फकिर छन् ।

फकिर पोखर महानगरपालिका वडा नम्बर ७ मा बसोबास गर्दै आएका थिए । उनीसहित तीन जनाले मुस्ताङबाट ल्याएका च्यांग्रालाई साहु सुतेको समयमा अर्को गाडीमा हालेर चितवन पुर्‍याएको खुलेको प्रहरीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

प्रहरीका अनुसार, गत असोज १ गते फकिर साथीसहित मुस्ताङ पुग्छन् । उनी मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ का ताक्ला गुरुङको गोठमा पुग्छन् । च्यांग्रा खरिद गर्न आएको भनेर कुरा सुरु गर्छन् ।

मोलमोलाइपछि ४२ लाख रुपैयाँमा १०३ वटा च्यांग्रा खरिद गर्ने सहमति पनि हुन्छ । तर, फकिर र उनका साथीहरूसँग पैसा हुँदैन । उनीहरूले च्यांग्राधनी गुरुङलाई पोखरा पुगेपछि रकम दिने बताउँछन् । मुस्ताङबाट आउने च्यांग्राहरू पोखरा–२५ बाट प्रायजसो पैदल नै हिँडाएर ल्याउने गरिन्छ । गुरुङका च्यांग्राहरू पनि पोखरा–२५ घट्टेखोलातिर थिए ।

पोखरा पुगेर रकम लिने भएपछि गुरुङ पनि सहमत हुन्छन् र ट्रकमा ल्याइएका च्यांग्रासहित पोखरा आउँछन् । पोखरा आएका उनी ड्यामसाइडमा रात बिताउँछन् । भोलिपल्ट उनले रकम पाउनुपर्ने हो । तर च्यांग्राहरू रातारात हराउँछन् ।

उनी सुतेको बेलामा रकम दिने भनेकाहरू नै च्यांग्रालाई अर्को गाडीमा हालेर रातारा चितवन पुर्‍याउँछन् । भोलिपल्ट गुरुङले च्यांग्रा हराएको जाहेरी दिएपछि नै खोजतलासको क्रममा चितवन पुर्‍याइएको खुलासा हुन्छ ।

१०३ वटा च्यांग्रा हराए पनि प्रहरीले खोजतलासको क्रममा जम्मा ५० वटा मात्र फेला पारेर गुरुङलाई बुझाउँछ । बाँकी च्यांग्राहरू विक्रीवितरण भइसकेको कास्की प्रहरी प्रवक्ता वसन्त शर्माले जानकारी दिए ।

सोही चोरी प्रकरणमा पक्राउ परेका फकिरलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) मुद्दामा ६ दिन म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । बाँकी अभियुक्त फरार छन् । पक्राउ परेका फकिरले नै च्यांग्रालाई चितवन लगेर विक्री वितरण गरेको प्रारम्भिक बयानमा बताएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  २१:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro