देश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू संसदीय छानबिन समितिले गरेको सिफारिस कार्यान्वयनका लागि तयार रहेको बताएका छन् ।
मंगलबार साँझ फेसबुक लाइभबाट लामिछानेले आफू ग्यालेक्सी टेलिभिजनमा रहँदा भएको 'आर्थिक अपचलन'को जिम्मेवारी लिन तयार रहेको बताएका हुन् ।
तर, सहकारीबाट अरू सञ्चारमाध्यममा पनि पैसा आएको खुलेकाले उनीहरू पनि कारबाहीको दायरमा आउनुपर्ने उनको भनाइ छ ।
उनले आफूलाई पक्राउ गर्ने उद्देश्यले नै छविलाल जोशीलाई पक्राउ गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१ १९:२१
प्रतिक्रिया दिनुहोस्