site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सबै सरकारी निकायलाई आफ्नै कर्मचारीबाट सफ्टवेयरको सेवा दिन सचिव बैठकको निर्देशन
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारी निकायहरूलाई खरिद गरेका सफ्टवेयरको सेवा आफ्नै कर्मचारीबाट दिने गरी व्यवस्था गर्न सचिवस्तरीय बैठकले निर्देशन दिएको छ । सचिव बैठकको सोमबारको निर्णयले सबै मन्त्रालय, विभाग तथा कार्यालयहरूलाई खरिद गरेका सफ्टवेयरको सोर्स कोड प्राप्त गरी आफ्नै कर्मचारीबाट सेवा दिने गरी परिमार्जन, निमार्ण तथा इन्टिग्रेसनको काम गर्न निर्देशन दिएको हो ।

यसका लागि सबै निकायलाई आवश्यक समन्वय सञ्चार मन्त्रालयले गर्ने निर्णय बैठकले गरेको छ । “प्रविधिको उपयोग हुने भएकाले प्राविधिक जनशक्ति थप गर्ने गरी एक महिनाभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्नुपर्ने,” बैठकको निर्णयमा उल्लेख छ ।

विभिन्न सरकारी निकायले खरिद गरेका करोडौँका सफ्टवेयरको मर्मतसम्भारका नाममा वार्षिक लाखदेखि करोड रुपैयाँसम्म विदेशी कम्पनीहरूलाई जाने गरेको छ । कतिपय महत्त्वपूर्ण सरकारी निकायका सफ्टवेयरको सोर्स कोडसमेत सरकार आफैँसँग छैन । यस्तोमा सचिव बैठकले यी दुवै काम गर्न सरकारी नियकाहरूलाई निर्देशन दिएको हो ।

सचिवस्तरीय २४ बुँदे निर्णयमा एक महिनाभित्र सिंहदरबार प्रवेश गर्दा ई–पास प्रणाली सञ्चालनमा ल्याउनसमेत भनिएको छ । यसका लागि गृह मन्त्रालयलाई सहरी विकास मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग समन्वय गर्न भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro