site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शीर्ष दलका शीर्ष नेताले देशलाई माग्ने बनाए : लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता प्रकाशचन्द्र लोहनीले देश आर्थिकरूपले संकटमा जाने अवस्थामा रहेको बताएका छन् । मंगलबार पार्टीको आन्दोलन केन्द्रित प्रशिक्षण कार्यक्रममा लोहनीले कर्मचारीलाई तलब दिनसमेत नपुग्ने अवस्थामा पुगेको बताए ।

"जनतालाई गर्नुपर्ने लगानीको खर्च घटेर गयो । फाल्तु खर्च, साधारण खर्च, टीएडीए खर्च, प्रशासन खर्च व्यापक बढेर गयो । त्यसले गर्दा नेपालीहरूले पठाएको राजस्वबाट नेपालले विकास गर्ने मौका थियो, त्यो मौका खेर गयो । त्यो मौकाको उपयोग भएन । जसले गर्दा आज यो सरकारलाई कर्मचारीको तलब दिन पनि पुग्ने अवस्था छैन," उनले भने ।

उनले ठूला राजनीतिक दलहरूले देशलाई माग्नेको स्थितिमा पुर्‍याएको आरोप लगाए । उनले देशको अवस्थामा परिवर्तन गर्न वर्तमान शीर्ष राजनीतिक दलका नेताहरूबाट सम्भव नहुने बताए ।

"माग्ने भएर टोपी थापेर जानेबाहेक के छ ? अरू देशहरूले देखेका छन्, हाम्रो स्थिति । अरू देशहरूले बुझेका छन् । १९७० को दशकमा बंगलादेशलाई भन्थे, यो संसारको माग्ने हो भन्थे त्यही माग्नेको स्थितिमा हामीलाई यिनीहरूले पुर्‍याएका छन्," उनले भने ।

लोहनीले देशको अस्तित्व बचाउन अभिभावकीय भूमिकामा राजसंस्थालाई राख्नुपर्ने जिकिर गरे । उनले राजसंस्थालाई सक्रियरूपमा नभई संविधानभित्रको राजसंस्थाको रूपमा अभिभावकीय रूपमा राख्नु उपयुक्त हुने बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro