site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गर्मीका कारण कञ्चनरुप नगरपालिका विद्यालयमा बिदा
सांकेतिक तस्बिर ।
Dabur Nepal
NIC Asia

राजविराज (सप्तरी) । तराई–मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिकाअन्तर्गतका विद्यालयमा बिदा दिइएको छ ।

नगरपालिकाले  सूचना जारी गर्दै आज (मंगलबार)देखि दुई दिनका लागि सबै विद्यालय बन्द गर्न निर्देशन दिएको हो । नगरपालिकाले अत्यधिक बढेको गर्मीकै कारण आज र बुधबार गरी दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको हो । 

साथै, असोज १० देखि १६ गतेसम्म बिहान ६ देखि ११ बजेसम्म कक्षा सञ्चालन गराउन सूचनामा उल्लेख छ । कलिला उमेरका बालबालिकालाई विद्यालय आउजाउमा निकै समस्या बढेपछि उनीहरूको स्वास्थ्यलाई ध्यान दिँदै दुई दिन बिदाको निर्णय गरिएको नगरप्रमुख ललनप्रसाद गुप्ताले जानकारी दिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १४:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro