site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डेडिकेटेड र ट्रंकलाइनको बक्यौता विवादसम्बन्धी रिट चुडाल र मुसलमानको इजलासमा 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रंकलाइनबापतको बिल भुक्तानी गर्नु नपर्ने भन्दै दायर रिट मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र अब्दुल अजीज मुसलमानको इजलासमा परेको छ । यस दिन अन्तरिम आदेशसम्बन्धी छलफलका निम्ति दुवै पक्षलाई डाकिएको छ ।

अधिवक्ता दीपक अधिकारी समेत १० जनाले गएको भदौ ३० गते उक्त रिट दायर गरेका थिए । रिटमा यसअघि न्यायाधीश महेश शर्मा पौडेलेको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । अन्तरिम आदेशसम्बन्धी छलफलका निम्ति दुवै पक्षलाई बोलाउने आदेश गरिएको थियो ।

रिट निवेदनमा विद्युत् प्राधिकरण, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, शुल्क निर्धारण आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितलाई विपक्षी बनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro