site stats
बाह्रखरी :: Baahrakhari
देश
एक अर्ब २३ करोड ८३ लाख असुल हुने फैसला, पूर्वसचिवलाई आठ वर्ष कैद

काठमाडौंमेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा तत्कालीन खानेपानी सचिव गजेन्द्र ठाकुरबाट २० करोड ४१ लाख असुल गर्ने फैसला भएको छ । यस्तै, उनलाई आठ वर्ष एक महिना कैद सजाय तोकिएको छ ।

विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले अख्तियारले दाबी गरेको १० करोड १० लाख ६१ हजार ७५ हजार बिगो कायम गरी बिगो बराबर जरिवानासमेत हुने फैसला गरेको छ ।

यसैगरी, मेलम्ची खानेपानी आयोजनाका तत्कालीन कार्यकारी निर्देशक सूर्यराज कँडेलबाट पनि ठाकुरसरह २० करोड ४१ लाख असुलसहित आठ वर्ष एक महिना कैद हुने फैसला भएको छ ।

Argakhachi Cement Island Ad

त्यसैगरी, आयोजनाका तत्कालीन लेखा अधिकृत रामचन्द्र देवकोटाबाट पाँच करोड ९१ लाख असुल हुने र आठ वर्ष एक महिना कैद सजाय हुने फैसला भएको छ ।

यस्तै, परामर्शदाता कम्पनी इप्टिसा–बीईटीएस जेभीका डेपुटी टिमलिडर शिवकुमार शर्मा भ्रष्टाचारमा मतियार ठहर गरी बिगो र जरिवानासहित पाँच करोड ९१ लाख असुल हुने ठहर गरी आठ वर्ष कैद निर्धारण गरेको छ । उनको उमेर ६५ वर्ष नाघेकाले उनले २५ प्रतिशत (दुई वर्ष) कम बस्नुपर्ने छ ।

यस्तै, परामर्शदाता कम्पनी इप्टिसालाई बिगो र जरिवानासहित १२ करोड ४४ लाख जरिवाना हुने फैसला भएको छ ।

अर्को परामर्शदाता कम्पनी बीईटीएसलाई त्यति नै जरिवाना हुने फैसला भएको हो । 

यस्तै, निर्माण कम्पनी सीएमसी डी रविनाबाट बिगो र जरिवाना गरी ५२ करोड २२ लाख असुल गर्ने फैसला भएको छ ।

समग्रमा एक अर्ब २३ करोड ८३ लाख असुल गर्नुपर्ने फैसला विशेष अदालतबाट भएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्