site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
साओमीको दसैँ अफर, मोबाइल खरिदमा चार हजारसम्म छुट

काठमाडौं । साओमीले नेपालमा ‘दसैँ तिहारको उमंग, साओमीको बबाल अफरसँग’ नामक अफर योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले साओमीका पछिल्लो मोडेलको खरिदमा चार हजार रुपैयाँसम्मको छुट पाउन सक्ने कम्पनीले बताएको छ ।

चाडपर्व विशेष अफर भदौ ३० देखि कात्तिक ३० सम्म लागु हुने बताइएको छ । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीज्युले यसपालिको चाडपर्वलाई विशेष बनाउन अफर सार्वजनिक गरेको बताए ।

अफरअन्तर्गत रेड्मी नोट १३ को ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको फोनको मूल्य २३ हजार ४९९ तोकिएको छ । आठ जीबी र्‍याम र २५६ जीबी स्टोरेजमा यो फोनको मूल्य २५ हजार ९९९ तोकिएको छ ।

यस्तै, रेड्मी नोट १३ प्रोको आठ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको फोनको मूल्य ३२ हजार ९९ रुपैयाँ छ । १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेजमा यो फोन ३५ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिने भएको छ ।

आठ जीबी र्‍याम र २५६ जीबी स्टोरेजमा ४७ हजार ९९९ पर्ने रेड्मी नोट १३ प्रो प्लस ५ जीको मूल्य अफरमा ४४ हजार ९९९ रुपैयाँ तोकिएको छ । यसको १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ५२ हजार ९९९ रहेकोमा अफरमा ४९ हजार ९९९ तोकिएको छ ।

६+१२८ जीबी र ८+२५६ जीबी गरी दुई स्टोरेज भेरियन्टमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिंगर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल एआई क्यामरा रहेको छ । त्यसैगरी, रेड्मी नोट १३ प्रो इन–डिस्प्ले फिंगर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जी ९९ अल्ट्रा प्रोसेसर र ८+२५६ जीबी स्टोरेज र १२ जीबी+ ५१२ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

रेड्मी नोट १३ प्रो प्लस ५ जी मा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड् डिस्प्ले, आइपी ६८ रेटिङ भएको हुँदा धुलो र पानीबाट पनि बचाउने र १२० वाटको चार्जरसहित ८+२५६ जीबी स्टोरेज र १२ जीबी+ ५१२ जीबी स्टोरेज गरी दुई भेरियन्टमा रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro