site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
को हुन् श्रीलंकाका नयाँ राष्ट्रपति दिसानायके ? 
SkywellSkywell

काठमाडौं । चरम आर्थिक संकट सामना गरिरहेको श्रीलंकाले पहिलोपटक वामपन्थी राष्ट्रपति पाएको छ । श्रीलंकाको निर्वाचन इतिहासमा पहिलोपटक भएको दोस्रो चरणको मतगणनाबाट वामपन्थी नेता अनुरा कुमार दिसानायके राष्ट्रपति निर्वाचित भएका छन् । 

वामपन्थी नेता अनुरालाई मतदाताले भ्रष्टाचार विरोधी कदम उठाउने र प्रशासन मजबुत बनाउने बाचाका भरमा मतदान गरेको बताइन्छ । यसबाहेक उनले श्रीलंकालाई आर्थिक संकटबाट निकाल्ने पनि बाचा गरेका छन् । 

सन् २०२२ मा श्रीलंकामा विद्रोह भएको थियो । आर्थिक संकट सामना गरिरहेको श्रीलंकामा भएको विरोध प्रदर्शनका कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजपक्षेले राष्ट्रपति पद त्याग्नु परेको थियो । 

Dabur Nepal
NIC Asia

उक्त घटनापछि श्रीलंकामा पहिलोपटक चुनाव भएको हो । सन् २०२२ को प्रदर्शनमा प्रदर्शनकारीहरू राष्ट्रपति भवनमै प्रवेश गरेका थिए । राष्ट्रपति अनुरा कुमारा दिसानायकेको दल जनता विमुक्ति पेरामुरा यस अगाडि कहिल्यै पनि सत्ताको नेतृत्व सम्हाल्ने ठाउँमा पुगेको छैन । 

सन् २०२२ मा श्रीलंका आर्थिक संकट हुँदा अनुराका भाषण श्रीलंकामा निकै चर्चित भएको थियो । ५५ वर्षका दिसानायके श्रीलंकामा मजदुरको आवाज उठाउने मुख्य नेता मानिन्छन् । चुनावी अभियानका क्रममा उनले श्रीलंकामा व्याप्त भ्रष्टाचार समाप्त पार्ने घोषणा गरेका थिए । 

जितपछि दिसानायकेले आफ्नो एक्स (पुरानो टुइटर)मा लेखेका छन्, “सदियौँदेखि हामीले जुन सपना देखेका थियौँ, त्यो आज सत्य सावित भयो । यो उपलब्धि कुनै एक व्यक्तिको कामको मात्र नभई तपाईं हजारौँको सामूहिक प्रयासको नतिजा हो ।”

उनले अगाडि लेखेका छन्, “यो सपना एउटा नयाँ सुरुआतबाट मात्र साकार हुन सक्छ ।” 

२०२२ को राजनीतिक र आर्थिक संकटपछि राष्ट्रपति छानिएका दिसानायकेका अगाडि श्रीलंकाको अर्थ व्यवस्थालाई बलियो बनाउनु र लाखौँ मानिसलाई गरिबीको खाडलबाट मुक्त गर्नुपर्ने चुनौती छ । यही आर्थिक संकटका कारण सन् २०२२ मा श्रीलंकामा विद्रोह भएको थियो । त्यतिबेला श्रीलंकाको डलर सञ्चिति लगभग समाप्त भएको थियो । यही कारण श्रीलंका आर्थिक संकटमा परेको थियो । श्रीलंकाको सार्वजनिक ऋण ८३ अर्ब डलर पुगेको थियो भने ७० प्रतिशतसम्म मुद्रास्फिती बढेको थियो । 

यो संकटले मानिसलाई हातमुख जोर्न समेत मुस्किल बनाएको थियो । श्रीलंकाका नवौँ राष्ट्रपति दिसानायकेले राजनीतिज्ञप्रति जनताको विश्वास फर्काउन आफूले सक्दो प्रयास गर्ने बताएका छन् । संसद्मा दिसानायके नेतृत्वको दलका तीन सिट मात्र छन् । तर, उनी ‘नेसनल पिपुल्स पावर’(एनपीपी) गठबन्धनका नेता हुन् । मध्यम वर्गीय किसान परिवारका दिसानायकेको पार्टीले सन् २००० मा कृषिमन्त्री भएका थिए । उनी सन् २०१४ मा पार्टीको नेतृत्वमा आएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro