site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

तीन वर्ष पहिले ३९६ वटा आधारभूत अस्पताल तीन वर्षभित्र निर्माण गर्ने लक्ष्य राखेर एकैपटक शिलान्यास गरिएको थियो । त्यसरी शिलान्यास गरिएका योजनामध्ये अहिलेसम्म एउटामात्र पूरा भएको समाचार प्रकाशित भएको छ ।

उतिबेला पनि प्रधानमन्त्री नै रहेका खड्गप्रसाद ओली २०७७ साल मंसिरमा शिलान्यास गरेका आधारभूत अस्पतालहरूको निर्माणप्रति भने उनी स्वयं उदासीन देखिए ।  उतिबेलै ‘सस्तो प्रचार मोह’ भनेर गरिएको कटाक्ष अहिले सही सिद्ध भयो । 

आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने नेपाली नागरिकको संवैधानिक हक चरितार्थ गर्न यस्ता स्वास्थ्य केन्द्रको स्थापना सबैको सहज पहुँच सुनिश्चित गरिनुपर्छ । यसैले देशभर आधारभूत स्वास्थ्य सेवा प्दान गर्ने संस्था स्थापना गर्नु आवश्यक नै थियो ।

आधारभूत अस्पतालको भवन निर्माण भन्दा पनि सेवा सञ्चालनलाई प्राथमिकता दिने नीति लिइएको भए सम्भवतः सरकारी योजनानको यस्तो कन्तबिजोग हुने थिएन । संघीय सरकारको आदेशमा सामूहिक शिलान्यास कार्यक्रममा सहभागी भएका स्थानीय तहका प्रतिनिधिले यसलाई आफ्नो योजना नै मानेनन् । यसरी शिलान्यास  एउटा सस्तो चटकमात्र बन्नपुग्यो ।

अरू धेरै परियोजनाहरूजस्तै आधारभूत अस्पताल निर्माणलाई पनि गम्भीररूपमा लिइएन । यस्तो अतिमहत्त्वाकांक्षी योजना निर्माण गर्दा सम्बन्धित अरू तहसँग समन्वय गरिएन । प्रदेश सरकारको भूमिका त झन् कतै पनि देखिँदैन । यसैले आधारभूत अस्पताल निर्माण योजना अलपत्र भयो । 

ओली फेरि प्रधानमन्त्री भएका छन् । धरहराजस्ता ‘झिल्के विकास’मा जति प्रधानमन्त्री ओलीको ध्यान आफूले शिलान्यास गरेको योजनामा गएमा आधारभूत अस्पताल निर्माणले गति लिन सक्थ्यो । सरकारले प्राथमिकता दिएर प्रदेश र स्थानीय तहलाई संलग्न गराउन सके योजना कार्यान्वयन पनि सहजरूपमा हुनसक्छ ।

एकै वर्षमा त्यति धेरै आयोजना निर्माण गर्ने क्षमता र पैसा राज्यसँग नहोला । यस्तै भवन निर्माण हुनेबित्तिकै अस्पताल सञ्चालन गर्ने जनशक्तिको व्यवस्था मिलाउन पनि पक्कै सहज छैन । सरकारका विभिन्न निकाय र तहले भवन निर्माण र अस्पताल सञ्चालनका लागि समन्वयात्मकरूपमा योजना बनाएर कार्यान्वयन गर्नुपर्छ । 

आधारभूत अस्पताल शिलान्यास हुँदा हौसिएका जनताहरू अहिले हिस्स परेका छन् । यसले सरकारप्रति जनतामा वितृष्णा र अविश्वास बढाएको छ । यस्तै मौका छोपेर अराजकहरूले शासन पद्धतिप्रति नै भ्रम उत्पन्न गरिरहेका छन् । यसैले पनि सरकार आफ्ना वाचा पूरा गर्न गम्भीर बन्नुपर्छ । शासकहरूको दम्भ र हठ देशलाई नै महँगो साबित हुँदैछ । चेतना भया !   

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro