site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीसँगको भेटवार्तापछि मोदीले भने– सम्बन्धलाई अझ गति दिन चाहन्छौँ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्ता निकै राम्रो भएको बताएका छन् । ओलीसँगको भेटवार्ता सकिएपछि मोदीले सामाजिक सञ्जाल एक्समार्फत यस्तो बताएका हुन् ।

“प्रधानमन्त्री केपी ओलीसँग न्युयोर्कमा भएको भेटघाट निकै राम्रो रह्यो । भारत–नेपाल मित्रता अत्यन्तै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौँ,” मोदीले भनेका छन् ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभाको ‘साइडलाइन’मा अमेरिकाको न्युयोर्कमा ओली र मोदीबीच आज भेटवार्ता भएको थियो । “हाम्रो छलफल ऊर्जा, प्रविधि र व्यापारजस्ता विषयहरूमा केन्द्रित रह्यो,” मोदीले भनेका छन् ।

भेटवार्तामा प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । छिट्टै आफू नेपालको भ्रमणमा आउने मोदीले बताएको परराष्ट्रमन्त्री आरजु राणाले जानकारी गराएकी छन् ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  ११:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro