site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भट्टराईलाई राजदूत नियुक्त गर्न शैक्षिक योग्यता बन्यो बाधक, सोमबार निर्णय लिइने 
Tiktok banner adTiktok banner ad

काठमाडौं । श्रीलंकाका लागि नेपाली राजदूतमा सिफारिस भएका रामकृष्ण भट्टराईको नाम अनुमोदन गर्ने/नगर्ने विषयको टुंगो सोमबार लाग्ने भएको छ ।

आइतबारसम्म भट्टराईले आफ्नो योग्यता पुग्ने शैक्षिण योग्यताको प्रमाणपत्र संघीय संसद्को संसदीय सुनुवाइ समितिलाई उपलब्ध गराउन नसकेपछि समितिको सोमबार बस्ने बैठकले उनको विषयमा अन्तिम निर्णय लिने भएको हो ।

“हामीले अझै उहाँको शैक्षिक योग्यताको प्रमाणपत्र पाएका छैनौँ । राजदूत नियुक्त हुन निश्चित तहसम्मको अध्ययन आवश्यक छ । भोलि (सोमबार) उहाँको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय हुन्छ,” समितिका एक सदस्यले बाह्रखरीसँग भने ।

ती सदस्यका अनुसार सोमबार बैठक बस्नुअघिसम्म प्रमाणपत्र बुझाए उनको नाम राजदूतमा अनुमोदन गरिने छ । अन्यथा नगर्ने सहमति समितिका सदस्यहरूबीच बनिसकेको छ ।

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ मा राजदूतमा सिफारिस हुने व्यक्ति नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख छ । तर, भट्टराईले हालसम्म योग्यता पुग्ने शैक्षिक प्रमाणपत्र नै समितिमा बुझाएका छैनन् ।

“हामीले प्रस्तावित राजदूत रामकृष्ण भट्टराईसँग उहाँको शैक्षिक प्रमाणपत्र मागेका छौँ । तर, उहाँले अहिलेसम्म हामीलाई उपलब्ध गराउनुभएको छैन । खोज्दै छु, जतिसक्दो छिटो उपलब्ध गराउँछु भन्नुभएको छ,” परराष्ट्र मन्त्रालय स्रोतले बाह्रखरीसँग भन्यो ।

संसदीय सुनुवाइ समितिले परराष्ट्र मन्त्रालयमार्फत भट्टराईको शैक्षिक योग्यताको प्रमाणपत्र मागेको थियो । 

समितिका एस सदस्यका अनुसार, भट्टराईले भारतमा अध्ययन गरेको र भारतीय शैक्षिक प्रमाणपत्र बुझाउन हच्किएका छन् ।

सरकारले ०८१ साउन १४ गते एकैसाथ १८ देशका लागि नेपाली राजदूतमा विभिन्न व्यक्तिको नाम सिफारिस गरेको थियो । श्रीलंकाका लागि नेपाली राजदूतमा रामकृष्ण भट्टराईको नाम सिफारिस गरिएको थियो ।

मन्त्रिपरिषद्को बैठकले १८ जनाको नाम राजदूतमा सिफारिस गरेको भए पनि संसदीय सुनुवाइका लागि १७ जनाको नाम मात्र पठाएको थियो । एक जनाको नाम फिर्ता लिएको थियो ।

संसदीय सुनुवाइ सकिएपछि समितिको यही असोज ३ गते बसेको बैठकले १७ मध्ये १६ जनाको नाम अनुमोदन गरेको थियो । आवश्यक कागजात (शैक्षिक प्रमाणपत्र) नपुगेको भन्दै श्रीलंकाका लागि राजदूतमा सिफारिस भट्टराईको सुनुवाइ स्थगित गरेको थियो । 

समितिको बैठक आइतबार राखिएको थियो । तर, भट्टराईको शैक्षिक प्रमाणपत्र आइनपुगेपछि बैठक स्थगित गरिएको थियो । त्यसपछि सोमबार बैठक राखेर सोही बैठकले अन्तिम निर्णय गर्ने सहमति समितिका सदस्यहरूबीच भएको थियो ।

“सोमबार बैठक बस्नु अघिसम्म शैक्षिक प्रमाणपत्र नबुझाए राजदूतमा उहाँको नाम अनुमोदन हुँदैन,” समितिका एक सदस्यले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro