site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बंगलादेशविरुद्ध आश्विनको उत्कृष्ट प्रदर्शन, पहिलो टेस्टमा भारत २८० रनले विजयी

काठमाडौं । स्पिनर रविचन्द्रन आश्विनको अलराउन्डर प्रदर्शनप्रेरित भारतले बंगलादेशविरुद्ध पहिलो टेस्टमा २८० रनको फराकिलो जित निकालेको छ । 

चेन्नाईमा भएको खेलको पहिलो इनिङमा भारतले ३७६ रन र दोस्रो इनिङमा २८७ रन बनाएको थियो । खेलको तेस्रो दिन ५१५ रनको विशाल लक्ष्य पाएको बंगलादेश चौथो दिनको लन्चअघि नै २३४ रनमा समेटिएको हो ।

बंगलादेशले चौथो दिनको सुरुआत १५८–४ को स्थितिबाट सुरु गरे पनि त्यसपछि ७६ जोड्दा पाहुना टिमले बाँकी ६ विकेट गुमायो । जितसँगै भारतले टेस्ट क्रिकेटमा कुनै पनि टिमविरुद्ध लगातार ६ खेल जितेको कीर्तिमान बनाएको छ ।

बंगलादेशविरुद्ध भारतका आश्विनले ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गरे । खेलको पहिलो इनिङमा आश्विनले नवौँ नम्बरमा ब्याटिङ गर्दै ११३ रन बनाएपछि भारत ३७६ को स्कोरसम्म पुगेको हो । पहिलो इनिङमा विकेटविहीन रहे पनि आश्विनले दोस्रो इनिङमा बंगलादेशका ६ ब्याटरलाई पभेलियनको दिशा देखाए ।

दोस्रो इनिङमा भारतबाट सुभमन गिल र विकेटकिपर ऋशव पन्तले क्रमशः ११९ र १०९ रनको शतकीय इनिङ खेले । पहिलो टेस्टमा कप्तान रोहित शर्मा र विराट कोहलीको ब्याटबाट भने रन बन्न सकेन । शर्मा र कोहलीले पहिलो इनिङमा समान ६ रन बनाए । दोस्रो इनिङमा कोहलीले १७ रन जोड्दा शर्मा पाँच रनमै पभेलियन फर्किएका थिए । 

जितसँगै दुई खेलको शृंखलामा भारतले १–० को अग्रता बनाएको छ । यी दुई टिमबीचको दोस्रो टेस्ट सेप्टेम्बर २७ देखि कानपुरमा हुने तालिका छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro