site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दरबारमार्गमा पनि प्रधानमन्त्रीकै अगाडि बालेनको पक्षमा हुटिङ (भिडियोसहित)

काठमाडौं । काठमाडौंस्थित दरबारमार्गमा बिहीबार साँझ आयोजना गरिएको 'नेसनल डे कन्सर्ट' अवलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओली पुगेका बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पक्षमा हुटिङ भएको छ ।

प्रधानमन्त्री ओलीले स्टेजमा उक्लिएर संविधान दिवसको शुभकामना दिएका थिए । त्यसक्रममा बालेनका समर्थकहरूले 'बालेन, बालेन' भनेर हुटिङ गरेका हुन् ।

स्टेजबाटै ओलीले सहभागीहरूसँग सेल्फी पनि लिएका थिए ।

पछिल्लो समय जात्रा तथा विशेष समारोहमा बालेनका समर्थकहरूले राष्ट्रपति, प्रधानमन्त्रीसहित शीर्ष दलका नेताहरू पुगेका बेला बालेनको पक्षमा हुटिङ गर्दै आएका छन् ।

पछिल्लोपटक भोटोजात्रा, गौरा पर्व, इन्द्रजात्रासहितका समारोहमा देशका शीर्ष नेताहरू पुगेका बेला बालेनको पक्षमा हुटिङ तथा नाराबाजी भएको थियो ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro