site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरीले छाड्यो बालेनका समर्थक
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकलाई छोडेको छ । इन्द्रजात्राको अवसरमा बालेनको फोटो र नाम लेखिएको टिसर्ट लगाएका १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरूलाई करिब चार घण्टा प्रहरी वृत्त जनसेवामा राखेर साँझ छोडिएको हो । मेयर बालेन भने जात्रामा उपस्थित थिएनन् ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी विनोद घिमिरेले भने बालेन समर्थकहरूकै सुरक्षाका लागि उनीहरूलाई प्रहरी कार्यालयमा ल्याइएको दाबी गरे ।

"मेयरको सपोर्टर भनेर थुनिएको होइन् । त्यहाँका स्थानीयले कुमारी अंकित टिसर्टहरू लगाएका थिए । उनीहरूले बालेनका टिसर्ट लगाएकाहरूलाई आक्रमण गर्ने देखिएपछि हामीले सुरक्षित राखेका हौँ," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro