site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नवलपुरमा जैविक मल उत्पादन केन्द्र र सांस्कृतिक महोत्सवको मुख्यमन्त्री पाण्डेद्वारा उद्घाटन 
SkywellSkywell

सेहरी (नवलपुर) । नवलपुरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘सरसफाइ प्रवर्धन तथा जैविक मल उत्पादन केन्द्र र थारु जनजातिको परम्परागत ‘भोदी खेल तथा झम्टा सांस्कृतिक महोत्सव २०८१’ उद्घाटन गरेका छन् ।

मंगलबार भएको कार्यक्रमको उनले उद्घाटन गर्दै गण्डकी प्रदेशमा मध्यविन्दु नगरपालिका एक उत्कृष्ट स्थानीय तह भएको बताउँदै यस क्षेत्रको विकासका लागि आफूले पहल जारी राख्ने बताए ।

sehari2-1726736232.JPG
 

Dabur Nepal
NIC Asia

कार्यक्रममा नगरपालिकाका प्रवक्ता सुमनराज रेग्मीले आफ्ना १५ वडा वडाबाट फोहोर संकलन थालेको बताएका थिए ।

“नगरपालिकाको निर्माण तथा व्यवस्थापन गरेको यो नेपालको पहिलो जैविक मल उत्पादन केन्द्र हो । हामीले प्रत्येक घरबाट कुहिने तथा नकुहिने फोहोर छुट्याएर संकलन गर्छौँ । कुहिनेलाई जैविक मल बनाउँ नकुहिनेलाई कवाडीजन्यमा वर्गीकरण गरेर बेच्छौँ,” उनले भने ।

sehari-1726736232.JPG
 

नकुहिने फलाम प्लाष्टिक जस्ता फोहोरलाई कम्प्याक्ट गरेरु बेच्न थालेको छ । कुहिने फोहोर भने कमै संकलन हुने नगरपालिकाले जनाएको छ । किसानसँग गोबर पनि किन्ने गरेको छ भने डढेलो नियन्त्रण गर्न पनि जंगलका सुकेका पात पतिंगर संकलन गरेर जैविक मल उत्पादन गर्ने गरेको छ ।

surendra-1726736232.JPG
 

कार्यक्रममा गण्डकी प्रदेशकी कृषि तथा सहकारी मन्त्री पद्मा जीसी श्रेष्ठ, सांसदहरु, स्थानीय तहका नेता कार्यकताको उपस्थिति रहेको थियो ।  मध्यविन्दु नगरपालिकाका मेयर भिमलाल अधिकारीले उत्पादन केन्द्रको महत्व दीर्घकालीन वातावरणीय फाइदाबारे प्रकाश पारेका थिए ।

surendra1-1726736232.JPG
 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu