site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शिक्षा मन्त्रालयबाट क–कसले प्राप्त गर्दै छन् यस वर्षको पुरस्कार, विभूषण र विद्यापदक (सूचीसहित)

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको पुरस्कार, विभूषण र विद्यापदक पाउनेहरूको सूची सार्वजनिक गरेको छ । मन्त्रालयले शिक्षा दिवस २०८१ का अवसरमा सूची सार्वजनिक गरेको हो । 

सूचीअनुसार सामुदायिक प्राविधिक क्याम्पसतर्फ कास्की, ललितपुर र काठमाडौंका तीनवटा शिक्षण संस्थाले उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कार पाउँदै छन् । यो पुरस्कारको राशी दुई लाख ५० हजार रुपैयाँ छ । 

माध्यमिक शिक्षामा उत्कृष्ट नतिजाका आधारमा सार्वजनिक विद्यालयतर्फ दाङका दुई र काठमाडौंको एउटाले राष्ट्रिय शिक्षा पुरस्कार पाउँदै छन् । यसमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश तीन, दुई र एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । निजी लगानीतर्फ राष्ट्रिय शिक्षा पुरस्कार पाउनेमा तीनवटै काठमाडौंका विद्यालय छन् । यसको राशी भने तीनलाख रुपैयाँ रहेको छ । 

प्राविधिक शिक्षालयतर्फ राष्ट्रिय शिक्षा पुरस्कार पाउनेमा काभ्रे, दाङ, कपिलवस्तु र काठमाडौंको एक–एक शिक्षालय छन् । यो पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ । 

यस्तै, समाज कल्याण शिक्षा पुरस्कार पाउनेमा काठमाडौं र ललितपुरका एक–एक संस्था छन् । यो पुरस्कारको राशी दुई लाख रुपैयाँ छ । 

व्यक्तितर्फ त्रिभुवन विश्वविद्यालयअन्तर्गत विभिन्न क्याम्पसका २५ शिक्षकलाई राष्ट्रिय शिक्षा पुरस्कार दिइँदैछ । प्राविधिक शिक्षालयका प्रशिक्षक तथा कर्मचारीतर्फ यही विधाको पुरस्कार अछाम, लमजुङ, डोटी र चितवनका पाँचजनाले प्राप्त गर्दै छन् । 

सार्वजनिक विद्यालयतर्फ यही विधाको पुरस्कार कोसी प्रदेशका १४, मधेसका आठ, वाग्मतीका १३, गण्डकीका आठ, लुम्बिनीका १२, कर्णालीका १० र सुदूरपश्चिमका ९ जना शिक्षकले प्राप्त गर्दै छन् । 

निजी विद्यालयतर्फ सबै प्रदेशका गरी ३२ जनालाई यो विधाको पुरस्कार दिइँदैछ ।

यस्तै, विद्यालय कर्मचारी, व्यवस्थापन समिति, पदाधिकारीलगायत गरी प्रत्येक प्रदेशका पाँचजनाका दरले ३५ जनाको नाम सूचीमा उल्लेख छ । 

उच्च शिक्षातर्फ विद्याभुषण ‘क’ ३६४ जना व्यक्तिले प्राप्त गर्दै छन् । विद्याभूषण ‘ख’ ३५ र ‘ग’ २१ जनाले प्राप्त गर्दै छन् । नेपाल छात्रापदक भने यस वर्ष १५ जनाले प्राप्त गर्दै छन् । 

यी हुन् पुरस्कार र पदक पाउने संस्था तथा व्यक्तिहरू 

 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro