site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारी छानबिन समितिको प्रतिवेदन सरकारले पूर्ण रूपमा कार्यान्वयन गर्छ : उपप्रधानमन्त्री सिंह
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी छानबिन समितिको प्रतिवेदनलाई सरकारले पूर्ण रूपमा कार्यान्वयन गर्ने बताएका छन् । 

गणेशमान सिंहको २७औँ पुण्य तिथिको अवसरमा गणेशमान सिंह फाउन्डेसनले बुधबार काठमाडौंमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा सिंहले समितिको प्रतिवेदन कार्यान्वयन गर्न संसद्ले निर्देशन गरिसकेकाले सरकारले कार्यान्वयन गर्ने उल्लेख गरे । 

उनले समितिको प्रतिवेदनलाई अध्ययन गरेर मन्त्रिपरिषद्‌बाट कार्यान्वयनका लागि अघि बढ्ने धारणा राखे । सिंहले नेपालको परिवर्तन र जनताको अधिकार स्थापित गर्न स्व. गणेशमान सिंहले खेलेको भूमिकाको स्मरण गरे ।

गणेशमानले २०४६ सालमा राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए । जनआन्दोलनपश्चात तत्कालीन राजा वीरेन्द्र शाहले गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए । तर, उनले प्रधानमन्त्री बन्न अस्वीकार गरी कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ११:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro