काठमाडौं । अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । केजरीवालले लेफ्टिनेन्ट गभर्नर विनयकुमार सक्सेनालाई मंगलबार राजीनामा बुझाएका छन् ।
यस वर्ष राष्ट्रिय निर्वाचनमा मोदीसँग प्रतिस्पर्धा गर्ने विपक्षी गठबन्धनका प्रमुख नेता केजरीवाललाई मार्चमा उनको सरकारले मदिरा लाइसेन्स बाँडफाँटमा घुस लिएको आरोपमा हिरासतमा लिइएको थियो ।
उनी भ्रष्टाचार अनुसन्धानको सामना गरिरहेका धेरै विपक्षी हस्तीमध्ये एक हुन् । उनको पार्टीले उनको गिरफ्तारीलाई मोदीको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले बनाएको ‘राजनीतिक षड्यन्त्र’ भनेको छ ।
सर्वोच्च अदालतले गत साता उनलाई आधिकारिक फाइलहरूमा हस्ताक्षर नगर्ने वा आफ्नो कार्यालय नजाने सर्तमा जमानत दिएको थियो ।
केजरीवालले आगामी वर्षको प्रारम्भमा हुने दिल्ली निर्वाचनमा जनताबाट नयाँ जनादेश खोज्नका लागि राजीनामा दिएको प्रतिक्रिया दिए ।