site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाको प्रथम राष्ट्रिय भेला सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय भेला आजदेखि सुरु भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा पार्टी सभापति रवि लामिछानेले भेलाको उद्घाटन गरेका प्रवक्ता मनीष सुमनले जानकारी दिए ।

भेला भोलिसम्म चल्नेछ । भेलामा सभापति लामिछानेले राजनीतिक र कार्यवाहक महामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् ।

Dabur Nepal
NIC Asia

विधान संशोधन, विचार, संगठन, संसदीय मामिला, अभियान, उमेदवार क्लब/लिडरसिप एकेडेमीलगायत एजेन्डामा भेलामा छलफल गरिनेछ ।

राष्ट्रिय अभियान पनि घोषणा गर्दै भेलाबाट महाधिवेशनको मिति तय गरिनेछ । भेलामा देशभरबाट एक हजार ५०० भन्दा बढी प्रतिनिधि सहभागी रहेका रास्वपाले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro